• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १६, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

      ७ घण्टा अघि

      ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

      ७ घण्टा अघि

      ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

      ७ घण्टा अघि

      पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

      ७ घण्टा अघि

      म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

      ७ घण्टा अघि

      आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

      ७ घण्टा अघि

      ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

      ७ घण्टा अघि

      अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक

      ७ घण्टा अघि

      काठमाडौँ महानगर-१४ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

      १ दिन अघि

      फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

      १ दिन अघि

      आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

      १ दिन अघि

      नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

      १ दिन अघि

      नागार्जुनको ठूलागाउँ माध्यमिक विद्यालयमा शैक्षिक क्रान्ति: महानायक राजेश हमाल र तारकेश्वर नगरपालिकाका मेयर महर्जनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

      २ दिन अघि

      छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

      ४ दिन अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ १६, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

  • २०८२ अषाढ ९, सोमबार (११ महिना अघि)
  • १०९७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महानगर सिप मेला २०८२’ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो।

    महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सिप मेला २०८२’ को मुख्य उद्देश्य सिप नभएकाहरूलाई सिप सिकाउने र आधारभूत सिप भएकाहरूलाई थप दक्ष बनाउने हो। मेलामा रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौँको समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। मेला अन्तर्गत १० विधामा ३७ पेशासँग सम्बन्धित तालिमहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिँदैछन्।

    सामाजिक उत्तरदायित्वप्रति नेपाल लाइफको समर्पण

    काठमाडौं महानगरपालिकाको यस अभियानमा सहभागी हुन पाउदा खुसी लागेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए। उनले भने “जब ‘सिप मेला २०८२’ को प्रस्ताव नेपाल लाइफमा आयो, हामीले यसलाई अवसरमात्र नभई युवालाई सशक्त बनाउन र स्वरोजगारको बाटो देखाउन सकिने महत्वपूर्ण अभियानका रूपमा लियौं। यो मेलाले ३० भन्दा बढी विभिन्न तालिमहरूमार्फत युवा जनशक्तिको माग र आपूर्तिको सन्तुलन कायम गर्न सहयोग पुर्‍याउनेछ।”

    उनले थपे, “हामीले यो प्रस्तावलाई संस्थागत साझेदारको रूपमा स्वीकार गर्यौं, किनभने यसले युवालाई मार्गदर्शन, सिप र सुरक्षा दिने मात्र होइन, उनीहरूको भविष्य निर्माण गर्ने सम्भावनाको ढोका खोल्दछ।”
    सिप मेला केवल एउटा कार्यक्रम होइन, सामाजिक परिवर्तनको अभियान हो। जहाँ युवाहरूको आत्मनिर्भरता र देशको समृद्धिको सम्भावना समेटिएको छ। हामी गर्व गर्छौं जब युवाहरू सक्षम बन्छन्, जब उनीहरूले रोजगारी सिर्जना गर्छन्।” नेपाल लाइफको भनाइ छ।

    सिप मेलामा नेपालभरिका युवाहरू सहभागी छन्। कोही पहिलोपटक अवसर खोज्दै, कोही जीवनलाई नयाँ दिशा दिँदै छन्। मेलाले उनीहरूलाई चाहिएको सिप, अवसर, हौसला र संरचना प्रदान गर्न केन्द्रित छ। काठमाडौं महानगरपालिकाका प्रतिनिधि देवेन्द्र केसीका अनुसार, “‘रोजगार र आयबृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ मेलाले तीन वर्षे योजना अन्तर्गत कार्य गरिरहेको छ, जुन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्दछ। मेलामा निजी क्षेत्रसँगको सहकार्य उल्लेखनीय छ, जसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहभागिता विशेष प्रशंसनीय छ।”

    लक्षित वर्ग र तालिम व्यवस्थापन

    सिप मेला विशेष गरी काठमाडौं महानगर क्षेत्रमा बसोबास गरिरहेका स्थायी वा अस्थायी बासिन्दा, करदाताहरू, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दा, बेरोजगार युवा (महिला–पुरुष), विदेशबाट फर्किएर काम खोज्दै गरेका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको हो। तालिमहरू हरेक दिन तीन सिफ्टमा सञ्चालन हुँदै आइरहेका छन्। विहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ । ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ । ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ । एउटा कक्षामा २५ जनालाई राखिएको छ । सिप मेलामा एक सहभागीले भने, “म यो तालिममा सहभागी हुन पाउँदा निकै खुसी छु। मलाई विश्वास छ, यसले मलाई रोजगारको अवसर दिन्छ र मेरो भविष्य अझ राम्रो बनाउँछ।”

    हाल कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरु रहेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

    ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

    पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

    म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

    आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

    समाचार

    Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

    ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

    पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑