
काठमाडौं । CS Entertainment Nepal द्वारा आयोजित “Mr. & Miss EastPole 2082 (Season-1)” को पहिलो तथा दोस्रो अडिसन चरण सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले आत्मविश्वास, प्रतिभा र व्यक्तित्व प्रस्तुत गर्दै सक्रिय सहभागिता जनाएका थिए। अडिसन चरणमा उत्कृष्ट प्रस्तुति दिने ८०+ विद्यार्थीहरू अबको प्रशिक्षण चरण (Training Session – Gateway to the Finale) मा प्रवेश गरेका छन्।
छनोटमा परेका विद्यार्थीहरूको नाम सार्वजनिक भइसकेको छ, र प्रशिक्षण कार्यक्रम असार २७ गते, शुक्रबारदेखि सुरु हुने जानकारी दिइएको छ।
प्रतियोगिताको पहिलो चरणको अडिसनमा प्रख्यात मेकअप आर्टिस्ट अनु लिम्बु र डान्स कोरियोग्राफर साजन राई निर्णायकका रूपमा उपस्थित थिए।
त्यसैगरी दोस्रो अडिसन चरणमा संगीत क्षेत्रका जेष्ठ गायक लक्पा शेर्पा, पत्रकार करण तामाङ तथा इभेन्ट अर्गनाइजर छिरिङ शेर्पा निर्णायकको भूमिकामा रहे।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व निखार, सांस्कृतिक प्रस्तुति तथा स्टेजमा व्यक्त हुन सक्ने क्षमता विकास गर्नु रहेको आयोजकले जनाएका छन्।
CS Entertainment Nepal का संस्थापक तथा कार्यक्रम संयोजक छिरिङ शेर्पा का अनुसार –“यो प्रतियोगिता विद्यार्थीहरूका लागि केवल एक प्रतिस्पर्धा नभई आत्मअभिव्यक्तिको मञ्च हो, जसले उनीहरूलाई भविष्यका लागि तयार गराउँछ।”
विद्यालय प्रशासनले सबै सहभागी र छनोटमा परेका विद्यार्थीहरूलाई बधाई तथा आगामी चरणको लागि शुभकामना व्यक्त गरेको छ।


