• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      ५ घण्टा अघि

      जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

      ८ घण्टा अघि

      विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

      ९ घण्टा अघि

      सुनितालाई घरमै नागरिकता

      ९ घण्टा अघि

      विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

      ९ घण्टा अघि

      टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

      ९ घण्टा अघि

      विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

      ९ घण्टा अघि

      कास्कीको नवौं जिल्ला सभा सम्पन्न, अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग

      ९ घण्टा अघि

      Sabina Papan Gurung, dedicated to service with 22 years of experience: An inspiring journey of faith, humanity and dedication

      ९ घण्टा अघि

      नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई

      ९ घण्टा अघि

      बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

      ९ घण्टा अघि

      डिजिटल फोहोर व्यवस्थापन प्रणालीका लागि लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच सम्झौता हस्ताक्षर

      ९ घण्टा अघि

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      १ दिन अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      १ दिन अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      १ दिन अघि
    आज: २०८३ जेष्ठ ३१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

  • लाईभ नेपाल
  • २०८२ अषाढ २६, बिहिबार (११ महिना अघि)
  • ८६५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडाैं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार असार २७ गते हुँदैछ । फिनालेबाट देशभरीबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्स मध्ये उत्कृष्ट एक पुरस्कृत हुनेछ ।

    निर्णायक मन्डलले आइतबार आफ्नो रिभ्यू सेसन सकाएको एनसेलले जानकारी दिएको छ । निर्णायक मन्डलमा नेपालका लागि अमेरिकी राजदुतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका छन् ।

    कन्टेन्ट क्रिएसनमा लागेका विशेष गरी युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यसहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने क्रिएटरले पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउने छ ।

    सहभागी प्रतियोगिहरुलाई चर्चित क्रिएटरहरू तथा यस प्रतियोगिताका मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले मार्गदर्शन प्रदान गरेका छन् । सहभागीहरुले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए ।

    प्रतियोगिता संचालनको तालिका अनुसार ‘लीग अफ क्रिएटर्स’का पाँच जना मेन्टरहरुले छानिएका उत्कृष्ट ५० जनालाई मेन्टरशीप प्रदान गरिसके पछि निर्णायक मन्डलले आफ्नो रिभ्यु गरेको हो ।

    चलचित्र निर्देशक सिमोश सुनुवार भन्छन्- “सबै भिडियोहरु इम्प्रेसिभ लाग्यो । प्रोफेसनलदेखि एम्मेच्योर लेभलसम्मको भएकोले केही भिन्नताहरु छन् तर केही भिडियोहरु यस्ता छन् जसले हामी सबै निर्णायक मन्डलका सदस्यहरुलाई राम्रो छाप छोडेको छ ।” उनी एक प्रखर भिजुअल स्टोरीटेलर हुन् । उनले आफ्नो सिर्जनात्मक यात्रा संगीतबाट सुरु गरेका थिए र हाल उनी चलचित्र निर्माण जगतमा व्यस्त छन् । उनले ‘रोडिज नेपाल’ र ‘शार्क ट्यांक नेपाल’ जस्ता रियालिटी सो कार्यक्रमहरुमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।

    अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर भन्छन्- “म विज्ञापन निर्माणको पृष्ठभूमिबाट आएको व्यक्ति हुँ । प्रतियोगितामा सहभागी भिडियोका मौलिकता, सिर्जनात्मकता र प्राविधिक गुणस्तर देखेर म अत्यन्तै प्रभावित भएको छु । म भविष्यमा पक्कै पनि यस्ता क्रिएटरहरुसँग काम गर्न चाहन्छु ।”

    दूतावासको सञ्चार कार्यलगायत शैक्षिक, सांस्कृतिक तथा आर्थिक अवसरसँग सम्बन्धित कार्यक्रम हेर्ने हार्करले केही महिना अघि इटहरी र पोखरामा आयोजित ‘क्रिएटर्स मेला’ को आयोजनामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

    यसैगरी एनसेलकाे कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह भन्छिन्- “केही भिडियोहरु साँच्चै राम्रा छन् किनभने ती भिडियोहरूमा स्टोरीटेलिङ् उत्कृष्ट थिए, क्यामेरा कार्य पनि राम्रो थियो र सन्दर्भ पनि राम्रोसँग बुझेका थिए । अन्य सहभागीहरुले अझै सुधार गर्ने सम्भावना राख्छन् । मलाई आशा छ सहभागीहरुले भविष्यमा झनै उत्कृष्ट सामग्रीहरु ल्याउनेछन् ।” कन्टेन्ट क्रिएशन आजको अर्थतन्त्रमा सबैभन्दा ठूलो अवसरहरूमध्ये एक हो भन्ने कुरामा उनी दृढ विश्वास गर्छिन् ।

    अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्कीले भने, “यो प्रतियोगितामा हामीले विभिन्न प्रकारका भिडियो कन्टेन्टहरु पाएका छौं । विजेताको होला भनेर म एकदमै उत्सुक छु किनभने चारजना निर्णायक मन्डलका सदस्यहरूले यी भिडियोहरूलाई विभिन्न पक्षहरू जस्तै सिर्जनात्मक पक्ष, प्राविधिक कार्यान्वयन आदि पक्षलाई लिएर मूल्याङ्कन गरेका छन् ।”

    इन्फ्लुएन्सर मार्केटिङमा ८ वर्षभन्दा बढीको अनुभव बटुलेका कार्कीले रणनीति निर्माणदेखि कार्यान्वयनसम्मको नेतृत्व गर्दै १,००० भन्दा बढी इन्फ्लुएन्सरहरूसँग सहकार्य र १०० भन्दा बढी ब्रान्डहरूसँग साझेदारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

    जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

    टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

    समाचार

    ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

    जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑