• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ४, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

      १८ घण्टा अघि

      Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

      १९ घण्टा अघि

      सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

      १९ घण्टा अघि

      संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

      १ दिन अघि

      बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

      १ दिन अघि

      मेसीको ह्याट्रिकसहित अल्जेरियाविरुद्ध अर्जेन्टिनाको शानदार जित

      १ दिन अघि

      मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

      २ दिन अघि

      मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

      २ दिन अघि

      आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

      २ दिन अघि

      निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

      २ दिन अघि

      विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

      २ दिन अघि

      दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

      २ दिन अघि

      एनसेल कार्यालयमा सीआईबीको टोली, स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

      २ दिन अघि

      १०० एमबीपीएस वा त्यसमाथिका इन्टरनेट प्याकेज लिनेलाई टेलिकमले विश्वकप फुटबल निःशुल्क देखाउने

      २ दिन अघि

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      ३ दिन अघि
    आज: २०८३ अषाढ ४, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    “ऊर्जा समृद्धिको ढोका हो, नीतिगत अन्योलले त्यो ढोका बन्द हुँदैछ” — निजी क्षेत्रको चेतावनी

  • लाईभ नेपाल
  • २०८२ अषाढ ३१, मंगलबार (११ महिना अघि)
  • ८२४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १४ मिनेट

  • काठमाडाैं, ३१ असार । नेपाल आज जलविद्युत्को क्षेत्रमा ऐतिहासिक मोडमा उभिएको छ। जल तथा ऊर्जा आयोगको अध्ययनअनुसार देशमा १ लाख २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सम्भावना छ भने क्यू२५ प्रवाहदरको आधारमा यो क्षमता २ लाख मेगावाटभन्दा बढी पुग्ने अनुमान गरिएको छ। तर, अहिले उत्पादन भइरहेको विद्युत् केवल ३६ सय मेगावाट मात्र हो, जुन कुल क्षमताको ४ प्रतिशत पनि नपुग्ने अवस्था हो।

    यसले देखाउँछ कि अझै करिब १ लाख ९६ हजार मेगावाटको ऊर्जा उत्पादन गर्ने अवसर बाँकी छ। यो सम्भावना नेपालको आर्थिक समृद्धि र औद्योगिक विकासको मेरुदण्ड बन्न सक्छ, तर यथार्थमा भने विभिन्न नीतिगत, कानुनी र प्रशासनिक अवरोधले यस सपना साकार हुन सकेको छैन।

    निजी क्षेत्रको उल्लेखनीय योगदान तर बढ्दो निराशा

    विगतमा ऊर्जा उत्पादन सरकारी क्षेत्रमा मात्र सीमित हुँदा देशको उर्जा क्षमता प्रभावकारी रूपमा उपयोग हुन सकेको थिएन। तर, विद्युत् ऐन २०४९ पश्चात् निजी क्षेत्रको प्रवेशले नयाँ सम्भावनाको ढोका खोल्यो।

    आज नेपालको कुल विद्युत् उत्पादनमा ८१ प्रतिशत हिस्सा निजी क्षेत्रको छ। निजी क्षेत्रबाट हाल ८,५०० मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन्। यी आयोजना सम्पन्न भएमा देशले निकट भविष्यमै १७,३४७ मेगावाट विद्युत् उत्पादन गर्नेछ, जुन नेपालको आर्थिक, सामाजिक र औद्योगिक विकासका लागि ऐतिहासिक कदम हुनेछ।

    सरकारी योजना र कार्यान्वयनको दूरी

    नेपाल सरकारले ऊर्जा विकास मार्गचित्र २०८१ जारी गर्दै सन् २०३५ सम्म विद्युत् उत्पादन २८,५०० मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ। यसको कार्यान्वयनका लागि ८१ बुँदे कार्ययोजना स्वीकृत गरिसकिएको छ।

    तर, यसलाई कार्यान्वयन गर्न हरेक वर्ष झण्डै ६ खर्ब ५० अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ, जुन अहिलेको कुल पूँजीगत खर्चको झन्डै तीन गुणा हो। यस्तो विशाल लगानी सरकार एक्लैले गर्न नसक्ने हुँदा निजी क्षेत्रसँग सहकार्य अनिवार्य देखिन्छ। यद्यपि व्यवहारमा सरकारले निजी क्षेत्रलाई स्पष्ट दिशानिर्देश, सुरक्षाका प्रत्याभूति तथा सहज नीति दिन असफल भएको गुनासो निजी क्षेत्रमा व्यापक छ।

    नीजि क्षेत्रका चुनौतीहरू: पीपीए, IPO, दोहोरो कर र वन ऐन

    ऊर्जा प्रवद्र्धनमा निजी क्षेत्रका अगुवाहरू हाल नीतिगत, कानुनी र प्रशासनिक अवरोधले निराश छन्। हालसम्म करिब १३,००० मेगावाट बराबरका आयोजना विद्युत् खरिद सम्झौता (PPA) को प्रतीक्षामा छन्।

    त्यस्तै, विगत दुई वर्षदेखि धितोपत्र बोर्डले जलविद्युत् कम्पनीहरूलाई आईपीओ निष्कासनको अनुमति नदिँदा करिब १ खर्ब रुपैयाँ बराबरको लगानी रोकिएको छ। यसले करिब १,००० मेगावाट बराबरका आयोजना अन्योलमा पारेको छ।

    त्यसैगरी, संघीय सरकारलाई कर बुझाइसकेपछि स्थानीय निकायले पनि पुनः कर माग्ने दोहोरो करप्रणालीले व्यवसायीहरू झन निरुत्साहित भएका छन्। वन ऐन र निकुञ्जसम्बन्धी कानुनका कारण प्रसारण लाइन तथा पूर्वाधार निर्माणका कार्यहरू अवरुद्ध भएका छन्।

    सरकारले “टेक एन्ड पे” जस्ता अव्यावहारिक सर्त लागू गर्न खोज्नु, ऊर्जा व्यापारमा निजी क्षेत्रलाई प्रवेश नदिनु, र आईपीओ जस्ता प्रक्रियामा अवरोध गर्नु निजी क्षेत्रको उन्नतिको बाटो छेक्ने कार्य भएको निजी क्षेत्रको आरोप छ।

    ऊर्जा सुरक्षामाथिको प्रश्न

    ऊर्जा सुरक्षाको सवाल पनि अहिले महत्त्वपूर्ण बनेको छ। विगत केही वर्षमा विभिन्न माग र असन्तोषका कारण विद्युत् आयोजनाहरूमा तोडफोड, धौंसधम्की, अवरोध लगायतका घटनाहरू बढेका छन्। यस्ता गतिविधिहरूले ऊर्जा प्रवर्द्धकहरूमा असुरक्षा र अनिश्चयको वातावरण सिर्जना गरेका छन्।

    यसका समाधानका लागि ‘ऊर्जा सुरक्षा नीति’, ‘नदी बेसिन–आधारित रणनीति’, तथा ‘वन क्षेत्रभित्र पूर्वाधार निर्माणको विशेष संरचना’ आवश्यक रहेको निजी क्षेत्रको धारणा छ। वनले देशको ५० प्रतिशत भूभाग ओगटेको सन्दर्भमा वन क्षेत्रभित्र पूर्वाधार निर्माणमा बन्देज लगाउनु आर्थिक विकासविरोधी नीति ठहर्छ।

    नीतिगत सुधार र प्रोत्साहनका लागि माग

    निजी क्षेत्रका प्रमुख मागहरूमध्ये केही निम्न छन्:

    • ऊर्जा क्षेत्रमा कर छुटको अवधि सन् २०३५ सम्म विस्तार गर्नुपर्छ।
    • मूल्य अभिवृद्धि कर (VAT) शून्य गरिनुपर्छ।
    • ऊर्जा व्यापार, वितरण तथा हरित ऊर्जाको उत्पादन (Hydrogen, Green Energy) मा निजी क्षेत्रलाई प्रवेश दिइनुपर्छ।
    • जलविद्युत् नीति र कानुनी संरचना पुनरावलोकन गरिनुपर्छ।
    • Net Zero Emission रणनीति अन्तर्गत सहुलियत कार्यक्रम ल्याइनुपर्छ।

    सरकारले निजी क्षेत्रलाई केवल करदाता नभई समृद्धिको ‘साझेदार’को रूपमा हेर्नुपर्छ। विद्युत् ऐन २०४९ को मर्मको सम्मान गर्दै नयाँ विद्युत् विधेयकमा निजी क्षेत्रका सुझाव समावेश गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

    बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    मेसीको ह्याट्रिकसहित अल्जेरियाविरुद्ध अर्जेन्टिनाको शानदार जित

    समाचार

    उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑