• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ११, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      १0 घण्टा अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      २१ घण्टा अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      २१ घण्टा अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      २१ घण्टा अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      १ दिन अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      १ दिन अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      १ दिन अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      १ दिन अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      १ दिन अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      ३ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ४ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ४ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ४ दिन अघि

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ५ दिन अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ ११, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ भाद्र २१, शनिबार (८ महिना अघि)
  • ९२३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परम्परागत ज्ञान, सीप र कलालाई जीवनसँग जोड्ने अनौपचारिक शिक्षालाई सरकारले राष्ट्रिय योग्यताको प्रारूपअनुसार प्राथमिकता दिने बताएका छन् ।

    अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२५ को अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा युनेस्को काठमाडौँको संयुक्त आयोजनामा काठमाडौँमा शुक्रबार सम्पन्न राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलनमा मन्त्री पन्तले भने, ‘हामीसित पुर्ख्यौली ज्ञान अथाह छ, शिक्षा र सीपलाई जीवनसँग कसरी जोड्ने भन्ने अहिलेको मूल चुनौती भएको छ । परम्परागत ज्ञान, सीप र कला आधुनिकताको चपेटामा परी हराउँदैछन् ।’

    शिक्षा मन्त्रालयद्वारा अनौपचारिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार भइसकेको छ, जसमा अनौपचारिक शिक्षाका तह १–४ सम्मलाई सम्बोधन गरिएको छभने अहिले तह ५ को तयारी पनि भइरहेको छ ।

    मन्त्री पन्तले पुर्ख्यौली ज्ञानलाई निरन्तरता दिँदै वैज्ञानिक रूपमा व्याख्या गर्नुपर्नेमा जोड दिए ।

    ‘मौसमी तरकारी तथा फलफूलको मात्र बास्ना र स्वाद पाइन्छ तर अहिले बेमौसमी तरकारी र खाद्यान्नको बाहुल्य छ । नयाँ पुस्ताले पुर्ख्यौली ज्ञान र सीप बिर्संदै गयो’, मन्त्री पन्तले थपे, ‘अझ प्रकृतिलाई हेर्ने दृष्टिकोणमा पनि हामी चुकेका छौँ, जसको उदाहरण जलवायु परिवर्तनको असर हो । नयाँ पुस्ताले प्रविधिमात्रै जान्यो, प्रकृतिलाई कतिसम्म लिने र प्रयोग गर्ने भन्ने पनि जानेन ।’

    मन्त्री पन्तले औपचारिक शिक्षाले आजीवन सिकाइ, पुर्ख्यौली ज्ञान, प्रकृतिको संरक्षण र खाद्य संस्कृतिलाई सम्बोधन गर्न नसक्ने भएकाले अनौपचारिक शिक्षालाई अपनाउनुपर्नेमा जोड दिए।

    राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेलले कसैलाई पछाडि नपारी गुणस्तरीय समावेशी शिक्षा दिन अनौपचारिक शिक्षाको माध्यम महत्वपूर्ण हुने विचार व्यक्त गरे। उनले १६ औँ योजनाको दीर्घकालीन सोच र लक्ष्य पूरा गर्न अनौपचारिक शिक्षालाई सफल बनाउनुपर्ने बताए। पन्ध्रदेखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरू अहिले पनि निरक्षर रहेकाले गार्मेन्टजस्ता कलकारखानामै गई अनौपचारिक शिक्षा दिने कार्यक्रम अघि सार्नुपर्ने बताए। अन्तर–मन्त्रालयहरूलाई शिक्षा मन्त्रालयले समन्वय गरी अनौपचारिक शिक्षाका विविध आयाममा छलफल गर्न खोजेमा योजना आयोगले सघाउने पनि सदस्य पौडेलले बताए।

    आजीवन सिकाइका अभियन्ता तथा शिक्षाविद् विमलकुमार फुँयालले ‘नेपालमा आजीवन सिकाइ प्रवर्द्धनका लागि अनौपचारिक शिक्षाको सुदृढीकरण’ विषयक प्रस्तुती थियो । उनले अनौपचारिक शिक्षाका नाममा औपचारिकजस्तै पद्धति अपनाइयो भने त्यसले फेल खाने बताए। उनले आजीवन शिक्षाको इतिहासदेखि वर्तमानसम्मको अभ्यासबारे जानकारी दिँदै अब नव अनौपचारिक शिक्षालाई समेत समेट्नेगरी अनौपचारिक शिक्षासम्बन्धी छुट्टै कानुन बनाउनुपर्ने सुझाव दिए ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्ण काप्रीले साक्षरतासँगै आजीवन शिक्षालाई पनि आफूहरूले जोडिरहेको जानकारी दिए । अनौपचारिक शिक्षासम्बन्धी राष्ट्रिय कार्यढाँचा बनेको र त्यो छिट्टै पारित हुने पनि जनाए । काप्रीले निरन्तर शिक्षा र आयआर्जनलाई जोड्दै जानुपर्ने आवश्यकता औँल्याए । साथै, नेपालको साक्षरता वृद्धिमा सामुदायिक सिकाइ केन्द्रहरूको योगदान अतुलनीय रहेको पनि स्पष्ट पारे ।

    नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोइले नेपालले विगतका वर्षहरूमा शैक्षिक अवसरहरू विस्तार र साक्षरता दर सुधार गर्ने सन्दर्भमा उल्लेखनीय प्रगति गरेको बताए। तर महिला, अपाङ्गता भएका व्यक्तिहरू, आदिवासी र गरिबीको रेखामुनि रहेका सीमान्तकृत समूहहरूले समान रूपमा लाभ उठाउन अझै चुनौतीपूर्ण रहेको टोइटले औँल्याए ।

    युनेस्कोले साक्षरतालाई आधारभूत मानवअधिकार, शिक्षा एजेन्डा २०३० र दिगो विकास लक्ष्य ४ मा परिकल्पना गरिएअनुसार आजीवन सिकाइको आधारलाई आत्मसात गरेको प्रष्ट्याउँदै उनले भने, ‘आजको संसारमा साक्षरतालाई अगाडि बढाउन समानता र समावेशीकरणमा बलियो ध्यान केन्द्रित गर्नुपर्छ । खासगरी डिजिटल संसारमा, कसैलाई पनि शिक्षा हासिल गर्नबाट पछाडि पारिनुहुँदैन ।’

    युनेस्को काठमाडौँका शिक्षा प्रमुख ध्रुव रेग्मीले ध्रुवराज रेग्मीले आजीवन सिकाइ र अनौपचारिक शिक्षाका निम्ति सरकारसँग सहकार्य गर्दै युनेस्कोले सघाउने स्पष्ट पारे।

    अनौपचारिक शिक्षा सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल गरिएको थियो जसमा ‘डिजिटल साक्षरताको नीति र अभ्यास’ र ‘डिजिटल युगमा युवा तथा प्रौढको सिकाइ’शीर्षक थिए । ‘डिजिटल साक्षरताको नीति र अभ्यास’ छलफलमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक महेन्द्र पराजुली, प्रा डा सुशन आचार्य, सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्रप्रसाद शर्मा र युनिसेफकी पूर्णिमा गुरुङले विचार व्यक्त गरेका थिए ।

    यसैगरी, ‘डिजिटल युगमा युवा तथा प्रौढको सिकाइ’ सम्बन्धी छलफलमा युनेस्को क्लब बागमतीका प्रतिनिधि तथा युवा वैज्ञानिक निश्चल बानियाँ, पिठुवा सामुदायिक सिकाइ केन्द्र रत्ननगरका अध्यक्ष नेत्र घिमिरे, बारागढी गाउँपालिकाकी शिक्षा अधिकृत जलमति चौधरी, देवीथान सामुदायिक सिकाइ केन्द्र पर्वतकी सहजकर्ता रिमा गुरुङ र लक्ष्मी सामुदायिक सिकाइ केन्द्र सप्तरीका अध्यक्ष माधव चौधरीले भाग लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

    समाचार

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑