
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए । असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको पराजुलीले फेसबुकमा लेखेका छन् ।


