
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश शर्मा ढकाल नियुक्त भएका छन् । वैशाख बुधबार बसेको सञ्चालक समिति बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत शर्मालाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
ककाअनुसार हालका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे अनुसन्धान प्रक्रियामा रहेकाले दैनिक कार्य सञ्चालन निरन्तरता सुनिश्चित गर्न ढकाललाई कामु सीईओको जिम्मेवारी दिइएको हो ।


