• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      १३ घण्टा अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      १४ घण्टा अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      १ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      १ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      १ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      २ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      २ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      ३ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      ३ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      ३ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      ३ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      ३ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      ३ दिन अघि
    आज: २०८३ भाद्र १७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपालले प्रकृती, संस्कृती र समुदायमा आधारित वेलनेस पर्यटन प्रबर्द्धन गर्नुपर्नेमा जोड

  • लाईभ नेपाल
  • २०८३ बैशाख ३१, बिहिबार (३ महिना अघि)
  • ५२०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाललाई विश्‍वस्तरीय वेलनेस पर्यटन गन्तव्यको रुपमा स्थापित गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार बिहान आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताएका छन् ।

    उनले २०२७ लाई वेलनेस पर्यटन वर्षको रुपमा घोषणा भइसकेको उल्लेख गर्दै त्यसको पूर्वसन्ध्यामा भएको यस अन्तर्क्रियाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्‍वास व्यक्त गरे । उनले भने, “आजको प्रस्तुति र अन्तरक्रियाबाट प्राप्त हुने मूल्यवान् सुझावहरूले आगामी योजना निर्माणमा सहयोग पुर्‍याउने विश्‍वास लिएको छु ।” त्यसैगरी नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नेपाल विश्वव्यापी वेलनेस यात्राका लागि प्राकृतिक रूपमा अनुपम गन्तव्य भएको बताए ।

    उनले वेलनेस केवल सेवा नभई जीवनशैली भएको उल्लेख गर्दै नेपाली संस्कृति, परम्परा र प्राकृतिक वातावरणले विश्वलाई प्रेरित गर्ने बताएका हुन् । उनले थपे, “नेपालले प्रकृति, संस्कृति र साहसिक अनुभवमार्फत विश्वलाई प्रेरणा दिन सक्छ । नेपालको संस्कृती र प्रकृती नै आरोग्य पर्यटनका लागि उत्कृष्ट स्रोतहरु हुन् ।” कार्यक्रमका मुख्य वक्ता हङकङ पोलिटेक्निक विश्‍वविद्यालय अन्तर्गतको स्कुल अफ होटल एण्ड टुरिजम् म्यानेजमेन्टका सहायक डिन प्रा.डा. डेनिज क्युचकुस्ताले “नेपाल: सेक्रेड ल्याण्ड टु वेलनेस डेस्टिनेसन” विषयमा प्रस्तुती दिएकी छन् ।

    उनले विश्वभरका पर्यटक अहिले उपचार, आत्मिक सन्तुलन र अर्थपूर्ण अनुभवको खोजीमा यात्रा गरिरहेको उल्लेख गर्दै नेपाल वेलनेस पर्यटनको नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताइन् । प्रा.डा. डेनिजले वेलनेस पर्यटनका प्रमुख विश्वव्यापी प्रवृत्तिमा आध्यात्मिक तथा रूपान्तरणकारी यात्रा, प्रकृतिमा आधारित वेलनेस, फरेस्ट थेरापी र डिजिटल डिटक्स रहेको उल्लेख गरेकी छन् ।

    “नेपालले वेलनेस आविष्कार गर्न आवश्यक छैन, यसलाई व्यवस्थित मात्र गर्नुपर्ने छ,” उनले भने । उनले वेलनेस पर्यटनमा नेपालको मौलिकता जोगाउनु अत्यन्त आवश्यक रहेको र स्थानीय समुदायसँगको सहकार्यले मात्र दीगो विकास सम्भव हुने धारणा व्यक्त गरिन् । त्यसैगरी योग गुरु डा. प्रकाश आचार्यले योग र प्राणायामको महत्वबारे चर्चा गर्दै आधुनिक जीवनशैलीका कारण मौलिक योग अभ्यास हराउँदै गएको स्मरण गराए ।

    “योग केवल व्यायाम होइन, समग्र जीवनशैली हो,” उनले भने । उनले स्वस्थ जीवनका लागि नियमित प्राणायाम अभ्यास आवश्यक रहेकोमा जोड दिए । वेलनेस अभियन्ता प्रेणा शाहले वेलनेस अहिले विश्वकै सबैभन्दा ठूलो उद्योगमध्ये एक बनिरहेको बताइन् । उनले नेपाललाई केवल ट्रेकिङ गन्तव्यका रूपमा मात्र नभई वेलनेस गन्तव्यका रूपमा पनि विश्वसामु प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

    “हाम्रो संस्कृति, खानपान र दैनिक जीवनशैलीमै मौलिक वेलनेस अभ्यास छ । हामीले अन्य देशको नक्कल गर्नु पर्दैन, आफ्नै मौलिकता जोगानुपर्ने देखिन्छ,” उनले भनिन्। कार्यक्रमको सुरुवात साउण्ड हिलिङ सेसनबाट गरिएको थियो, जहाँ विभिन्न ध्वनिमार्फत मानसिक शान्ति र ऊर्जाको अनुभूति गराइएको थियो ।

    त्यसैगरी कार्यक्रको सहजीकरण बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले गरेका थिए । बोर्डका वरिष्ठ अधिकृत रेग्मीले नेपाल सरकारले प्राथमिकतामा राखेको र अहिलेको अशान्त विश्वले शान्ति र आरोग्य खोजिरहेको समयमा नेपाल वेलनेस पर्यटनका लागि उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गराउन बोर्ड सक्रिय रहेको उल्लेख गरेका छन् ।

    कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन महाशाखा प्रमुख सहसचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेसहित पर्यटन व्यवसायी, योग तथा वेलनेस विज्ञ, बोर्डको पदाधिकारीहरु तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    समाचार

    बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑