काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ३ लाख २ हजार ५ सय रूपैयाँमारूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

