• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १०, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      ७ घण्टा अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      ७ घण्टा अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      ७ घण्टा अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      ११ घण्टा अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      ११ घण्टा अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      ११ घण्टा अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      ११ घण्टा अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      ११ घण्टा अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      २ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ३ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ३ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ३ दिन अघि

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ४ दिन अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ४ दिन अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ १०, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  कृषि

    मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २, शनिबार (१ हफ्ता अघि)
  • ८०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९ वटा पशुधनको क्षति भएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय जोमसोमको वार्षिक तथ्याङ्कअनुसार यहाँका बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा किसानका २३९ पशुधनको क्षति भएको हो ।

    कृषि तथा पशुपालन र पर्यटन केन्द्रित जिल्लामा पशुपालन व्यवसाय वर्षौंदेखि गरिँदै आइएको छ । पछिल्लो समय भने यहाँका उच्चलेकका चरनक्षेत्र र बस्तीमा खडा गरिएका याकचौँरी र भेँडाच्याङ्ग्राको वासस्थान वन्यजन्तुको जोखिममा पर्न थालेपछि असुरक्षित बन्दै जान थालेका छन् ।

    मानव–वन्यजन्तु द्वन्द्वका कारण यहाँको परम्परागत पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको स्थानीय बताउँछन् । हिउँ चितुवा, चितुवा र ब्वाँसोको आक्रमणका कारण पशुधनमा क्षति हुन थालेपछि परम्परागत पशुपालन व्यवसाय जोखिममा पर्न थालेको किसान बताउँछन् ।

    हालसम्म तीन पालिकाका ६८ परिवार घरधुरीका २३९ वटा पशुधनमा हिउँ चितुवा, चितुवा र ब्वाँसोले क्षति पु¥याएको एक्यापका प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो चार आर्थिक वर्षमा वन्यजन्तुका कारण १२ याक, सात चाँैरी, ११७ च्याङ्ग्रा, ३८ भेँडाबाख्रा, दुई खच्चड र आठ वठा घोडा मरेका छन् भने बाँकी अरु पशुधन रहेका छन् ।

    यहाँका तीन गाउँपालिकाअन्तर्गत पहिलो आव २०७९÷८० मा ३१, आव २०८०÷८१ मा ५६, आव २०८१÷८२ मा ८६ र चालु आवको वैशाखसम्म ६६ वटा पशुधनमा वन्यजन्तुले क्षति पु¥याएका एक्याप प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

    राष्ट्रिय निकुञ्ज तथा व्न्यजन्तु संरक्षण विभागको वन्यजन्तु क्षति राहत निर्देशिका, २०८० अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले वन्यजन्तुबाट क्षति भएका पीडित किसानलाई क्षतिपूर्तिबापत राहत रकम उपलब्ध गराउँदै आइरहेको छ । उक्त निर्देशिका अनुसार याकचौँरी, घोडा र खच्चडको बढीमा रु ६० हजार र भेँडाच्याङ्ग्राको बढीमा रु १० हजारसम्म राहत रकम उपलब्ध गराउने गरिएको एक्याप जोमसोमका प्रमुख गुप्ताले बताए ।

    एक्याप जोमसोमले यहाँका तीन पालिकाका पीडित किसानलाई चार आर्थिक वर्षमा पशुधन क्षतिबापत रु २५ लाख २१ हजार राहत हस्तान्तरण गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको वैशाखसम्मको क्षतिपूर्तिबापतको रु पाँच लाख २९ हजार सम्बन्धित पशुधनीको बैंक खातामा उपलब्ध गराइएको छ ।

    यसैगरी एक्याप संरक्षित उपल्लो मुस्ताङमा पनि एक्याप लोमान्थाङले पछिल्लो तीन आर्थिक वर्षमा वन्यजन्तुबाट भएका पशुधन क्षतिको राहत उपलब्ध गराएको छ । तीन आवमा रु ४५ लाख ९९ हजार पीडित पशुधनीको बैंक खातामा उपलब्ध गराइएको एक्याप लोमान्थाङ कार्यालयले जनाएको छ ।

    जलवायु परिवर्तनका कारण उच्चलेक, खर्क र पाटनमा पानीका स्रोत घट्दै जानु, चरनक्षेत्रमा घाँस पलाउन कम हुनु र जङ्गली जनावर तथा हिउँ चितुवा आहारा प्रजाति पछ्याउँदै स्ती नजिक झर्नुलगायत कारणले यहाँका पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेका एक्याप प्रमुख गुप्ताले बताउनुभयो । जलवायु परिवर्तनका कारण हिउँ चितुवालगायत जङ्गली वन्यजन्तु आहार पछ्याउँदै बस्तीमा देखा पर्न थालेकाले जोखिम थप बढ्दै गएको उहाँको भनाइ छ ।

    यहाँका पशुपालक किसानको पशुचौपाया पालन गर्ने गोठ र खोरहरू गुणस्तरीय र दिगो भौतिक संरचना नहुँदा पनि वन्यजन्तुले पशुधनमा क्षति पु¥याउने क्रम बढेको एक्याप कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    कृषि सम्बन्धि थप

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

    सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

    समाचार

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑