• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      २३ मिनेट अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ११ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ११ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      २ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      २ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      २ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      २ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      २ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ १७, आईतबार (३ महिना अघि)
  • ४२७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्ने औल्याएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासंघको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले उक्त धारणा राखेका हुन । यस क्षेत्रलाई मुलुकको औद्योगिक विकास, आर्थिक गतिविधि विस्तार तथा रोजगारी सिर्जनाको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न आवश्यक रहेको उनले बताए ।

    अध्यक्ष अग्रवालले फर्निचर तथा फर्निसिङ उद्योगलाई केवल कुर्सी, टेबल वा सोफा उत्पादन गर्ने क्षेत्रका रूपमा मात्र नभई निर्माण, पर्यटन, होटल व्यवसाय, आवास, शैक्षिक संस्था तथा कार्यालय व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको रणनीतिक उद्योगका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। स्थानीय काठ, बाँस, धातु, कपडा, फोम, ग्लासलगायतका कच्चा पदार्थमा मूल्य अभिवृद्धि गरी हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्न फर्निचर उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको अध्यक्ष अग्रवालले बताए।

    नेपालमा तीव्र शहरीकरण, नयाँ घर निर्माण, होटल तथा रिसोर्ट विस्तार, कार्यालयहरूको आधुनिकीकरण तथा जीवनशैलीमा आएको परिवर्तनसँगै फर्निचर तथा इन्टेरियर बजारको सम्भावना अत्यन्त ठूलो रहेको उल्लेख गरे। सही नीति, प्रविधि र लगानीमैत्री वातावरण निर्माण गर्न सके यो क्षेत्र नेपालकै प्रमुख उद्योगमध्ये एक बन्न सक्ने उनको भनाइ थियो। अध्यक्ष अग्रवालले उद्योगले हाल कच्चा पदार्थको अभाव, उत्पादन लागत वृद्धि, बैंक ब्याजदर तथा वित्तीय पहुँचको समस्या, दक्ष जनशक्तिको कमी, विदेशी उत्पादनसँगको अस्वस्थ प्रतिस्पर्धा, आधुनिक प्रविधिको सीमित प्रयोग, ढुवानी तथा ऊर्जा लागत वृद्धि, अव्यवस्थित बजार र ब्रान्डिङको कमजोरीजस्ता चुनौतीहरू सामना गरिरहेको बताए। “हामीले खुला बजारको नाममा स्वदेशी उद्योगलाई कमजोर बनाउने होइन, प्रतिस्पर्धी बनाउने नीति अवलम्बन गर्नुपर्छ,” उनले भने। उनका अनुसार नेपाली फर्निचर तथा फर्निसिङ उद्योगको दिगो विकासका लागि गुणस्तर, डिजाइन तथा नवप्रवर्तन, र ब्रान्डिङ तथा बजार विस्तार तीन आधारभूत पक्ष अत्यन्त महत्वपूर्ण छन्।

    विश्व बजार अहिले डिजाइन, टिकाउपन, वातावरणमैत्री उत्पादन र ग्राहक अनुभवमा केन्द्रित भएकाले नेपाली उद्योगले पनि समयअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। विश्व बजार इको-फ्रेन्ड्ली, स्मार्ट फर्निचर, मोडुलर डिजाइन तथा दिगो फर्निसिङतर्फ अग्रसर भइरहेको उल्लेख गर्दै अग्रवालले नेपालमा रहेको काठकला, हस्तकला तथा परम्परागत डिजाइनको अद्वितीय क्षमतालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके निर्यात क्षेत्रमा ठूलो छलाङ मार्न सकिने बताए। नेपालको आर्थिक समृद्धि केवल आयात र रेमिट्यान्समा आधारित हुन नसक्ने भन्दै उनले उत्पादन, उद्योग र उद्यमशीलतामा आधारित अर्थतन्त्र निर्माण अपरिहार्य रहेको धारणा व्यक्त गरे।

    त्यसका लागि सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य तथा नीतिगत स्थिरता आवश्यक रहेको उनको भनाइ थियो। कार्यक्रममा अध्यक्ष अग्रवालले सरकारसमक्ष केही महत्वपूर्ण सुझावसमेत प्रस्तुत गरे। उनले सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय तथा सार्वजनिक संस्थानहरूमा स्वदेशी फर्निचरको प्राथमिक प्रयोग सुनिश्चित गर्नुपर्ने बताए। साथै उद्योग विस्तारका लागि सहुलियतपूर्ण ब्याजदरमा दीर्घकालीन ऋण तथा कार्यशील पूँजीको सहज पहुँच उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले फर्निचर डिजाइन, आन्तरिक प्रविधि तथा आधुनिक काठ इन्जिनियरिङसम्बन्धी सीप विकास केन्द्र स्थापना, मेसिनरी आयातमा कर सहुलियत, प्रविधि आधुनिकीकरणका लागि विशेष प्रोत्साहन तथा अन्तर्राष्ट्रिय प्रदर्शनी र व्यापार मेलामार्फत निर्यात प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

    सरकारले प्रस्तुत गरेको आ.व. २०८३/८४ को बजेटले यस उद्योगले भोग्दै आएको प्रमुख समस्यालाई निदान गर्न खोजेको महशुस भएको जनाउदै वन संरक्षण र औद्योगिक कच्चा पदार्थको आवश्यकताबीच सन्तुलन कायम गरि व्यवस्थित काठ आपूर्ति नीति लागू गर्नुपर्नेमा पनि उनले जोड दिए। युवा पुस्तालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आजका युवाहरू केवल रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने पुस्ताका रूपमा अघि बढ्नुपर्ने बताए। फर्निचर तथा फर्निसिङ उद्योग डिजाइन, उत्पादन, इन्टेरियर डेकोरेशन, स्मार्ट होम सोलुसन, हस्पिटालिटी फर्निसिङ, डिजिटल मार्केटिङ, ई-कमर्स, अटोमेसन तथा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित डिजाइनजस्ता क्षेत्रमा विशाल सम्भावना बोकेको क्षेत्र भएको उनको भनाइ थियो। “आज आवश्यकता निराशाको होइन, आत्मविश्वासको हो। आवश्यकता गुनासोको होइन, समाधानको हो। आवश्यकता प्रतीक्षाको होइन, पहलको हो,” उनले भने।

    निजी क्षेत्र, सरकार र श्रमिकबीच प्रभावकारी सहकार्य हुन सके नेपालको फर्निचर उद्योग दक्षिण एशियाकै प्रतिस्पर्धी उद्योगका रूपमा स्थापित हुन सक्ने विश्वास व्यक्त गर्दै अध्यक्ष अग्रवालले स्वदेशी उत्पादनको सम्मान, नेपाली उद्योगको सशक्तीकरण तथा आत्मनिर्भर नेपालको निर्माणमा फर्निचर तथा फर्निसिङ क्षेत्रलाई अग्रणी शक्तिका रूपमा विकास गर्न सबैलाई आह्वान गरे। कार्यक्रमको सफल आयोजनाका लागि नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघलाई बधाई दिँदै उनले सम्पूर्ण उद्यमीहरूलाई एकता, नवप्रवर्तन र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    समाचार

    राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑