• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      २३ मिनेट अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ११ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ११ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      २ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      २ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      २ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      २ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      २ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २०, बुधबार (३ महिना अघि)
  • ३०३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट

  • काठमाडौं । नेपालको सूचना प्रविधि (IT) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै टेकपाइला इनोभेसन (TechPaaila Innovations) ले विश्वविख्यात NCC Education UK सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। यस ऐतिहासिक साझेदारी मार्फत अब कक्षा ११ र १२ का नेपाली विद्यार्थीहरूले आफ्नै विद्यालयमा अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, एआई (AI), र डाटा साइन्सका कोर्सहरू पढ्न पाउनेछन्।

    हालै आयोजित एक विशेष प्रडक्ट लन्चिङ (Product Launching) कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर एवं प्रविधि विज्ञ चिरञ्जीवी अधिकारीले “डिजिटल नेपालको जग: सीपमा आधारित शिक्षा र वैश्विक प्रतिस्पर्धा” विषयमा आफ्नो मुख्य सम्बोधन (Keynote Speech) राख्नुभयो। उहाँले यो अभियान नेपालको प्रविधि मानचित्रमा एउटा कोशेढुङ्गा सावित हुने दाबी गर्नुभयो। नेपालको आईटी क्षेत्रमा ‘स्किल ग्याप’ को चुनौती सम्बोधनका क्रममा प्रविधि विज्ञ अधिकारीले नेपालको आईटी क्षेत्र वार्षिक २०–२५ प्रतिशतले वृद्धि भइरहे तापनि ७० प्रतिशत कम्पनीहरूले प्रमाणित जनशक्ति नपाएको तथ्याङ्क प्रस्तुत गर्नुभयो।

    “हाम्रा विद्यार्थीहरू डिजिटल संसारमा रमाउँछन्, तर ५ प्रतिशतसँग पनि औपचारिक साइबर सुरक्षाको ज्ञान छैन। यो ‘Skills Gap’ लाई पुर्नु अब हाम्रो रहर होइन, राष्ट्रिय बाध्यता हो। साइबर सुरक्षा, एआई र डाटा साइन्स अब ऐच्छिक होइनन्, यी २१ औं शताब्दीका अनिवार्य बाँच्ने सीपहरू हुन्,” अधिकारीले भन्नुभयो। तीन मुख्य ‘सर्वाइभल’ कोर्सहरू टेकपाइलाले NCC Education UK सँगको सहकार्यमा विश्वका ५० भन्दा बढी देशमा मान्यता प्राप्त निम्न तीन कोर्सहरू सुरु गरेको छ:

    १. साइबर सुरक्षा (Cybersecurity): डिजिटल आक्रमणबाट बच्न र सुरक्षित पूर्वाधार निर्माण गर्न।

    २. आर्टिफिसियल इन्टेलिजेन्स (AI): भविष्यको ‘एआई इकोनोमी’ मा नेतृत्वदायी भूमिका निभाउन।

    ३. डाटा साइन्स (Data Science): सूचनालाई ज्ञानमा बदल्न र सही निर्णय लिन सक्ने क्षमता विकास गर्न।

    शैक्षिक संस्थाहरूका लागि ‘शून्य लगानी’ (Zero Setup Cost) मोडल टेकपाइलाले विद्यालय र कलेजहरूका लागि कुनै थप वित्तीय भार नपर्ने गरी ‘Zero Setup Cost’ मोडल ल्याएको छ। यस अन्तर्गत कम्पनीले नै प्रमाणित प्रशिक्षकहरू र अत्याधुनिक LMS (Learning Management System) उपलब्ध गराउनेछ। जसले गर्दा बजेट वा पूर्वाधारको अभावमा कुनै पनि नेपाली विद्यार्थी आधुनिक प्रविधि शिक्षाबाट वञ्चित हुनुपर्ने छैन। यी प्रमाणपत्रहरूले विदेशमा उच्च शिक्षाका लागि (बेलायत, अमेरिका र अष्ट्रेलियाका ७० भन्दा बढी विश्वविद्यालयमा भर्ना र ‘क्रेडिट माइलेज’) बाटो खोल्नेछ।

    नेपाललाई ‘साउथ एसियाकै आईटी हब’ बनाउने लक्ष्य कार्यक्रमका मुख्य अतिथि एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटी र एआई शिक्षालाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष मल्लले विगत तीन वर्षभित्रमा नेपालको आईटी र एआई सर्भिस व्यवसाय दोब्बर भएको जानकारी दिनुभयो। सन् २०२३ मा ७० अर्ब रुपैयाँ बराबरको रहेको यो क्षेत्र अहिले १ सय ४० अर्ब पुगेको उहाँले बताउनुभयो।

    “यो क्षेत्र नेपालको जलविद्युत भन्दा पनि छिटो आम्दानी गर्न सकिने क्षेत्र हो,” अध्यक्ष मल्लले भन्नुभयो, “हाम्रो मुलुकमा रहेको युवा शक्तिलाई हिडेर विदेश जान नदिने र विदेश गए पनि सस्तोमा श्रम बेच्नुपर्ने अवस्थालाई यो शिक्षाले रोक्नेछ।” उहाँले यो शिक्षा शहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि पुर्‍याउन आग्रह गर्नुभयो। राज्यले नीति र पूर्वाधारमा जोड दिनुपर्ने नेपाल टेलिकमका म्यानेजर शालीग्राम पराजुली डा. शालिग्राम पराजुलीले राज्यले नीति (Policy), पूर्वाधार (Infrastructure) र मानव संसाधन विकास (Human Resource Development) लाई समानान्तर रूपमा लैजानुपर्ने बताउनुभयो। नयाँ पुस्ताको मुख्य माग रोजगारी, सुशासन र समृद्धि भएकाले ती सबै लक्ष्यलाई आईटी र एआई टूल्स मार्फत छिटो सम्बोधन गर्न सकिने उहाँको भनाइ थियो।

    हिसान (HISSAN) का महासचिव रामहरि सिलवालले पनि टेकपाइला इनोभेसनको यस ‘Skilling, Re-skilling र Up-skilling’ महाअभियान र हिसानसँगको सहकार्यको प्रशंसा गर्दै युवाहरूलाई प्रविधिको उपभोक्ता मात्र नभएर सिर्जनकर्ता (Creator) बनाउन यो कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो। डिजी ग्रुप (Digi Group) का अध्यक्ष विज्ञान श्रेष्ठले टेकपाइला इनोभेसन (TechPaaila Innovation) ले विश्वस्तरीय आईटी सेवा तथा उत्पादनहरू विकास गरेर नेपाली प्रविधिलाई विश्व मानचित्रमा पुर्‍याउन महत्त्वपूर्ण जग बसालेको बताउनुभएको छ।

    उहाँले टेकपाइलाको यो नवीनतम पहलले नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँदै नेपाललाई विश्वकै एक अग्रणी प्रविधि केन्द्र (Global Tech Hub) का रूपमा स्थापित गर्न कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    समाचार

    राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑