• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २२, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

      १८ घण्टा अघि

      नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि, एक हजार उद्यमी सहभागी हुने

      १८ घण्टा अघि

      ऊर्जा उद्यमीहरूको जोड : बलियो इप्पान बिना ऊर्जा क्षेत्रको विकास सम्भव छैन

      १८ घण्टा अघि

      सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी जुट्ने, ग्लोबल आइएमई बैंकको नेतृत्वमा वित्तीय सम्झौता

      १८ घण्टा अघि

      ईभी पोर्टफोलियो विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

      १८ घण्टा अघि

      शिक्षण अस्पताललाई काठमाडौं महानगरको १ करोड ७० लाख बराबरका स्वास्थ्य उपकरण सहयोग

      १८ घण्टा अघि

      महानगरको प्रविधि सहयोगपछि शिक्षण अस्पतालको ओपीडी सेवा डिजिटलतर्फ, सेवा सुधारप्रति प्रा.डा. सुवास आचार्यको विश्वास

      १९ घण्टा अघि

      नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे

      १९ घण्टा अघि

      एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

      २ दिन अघि

      युक्रेनमा रुसको भीषण आक्रमण

      २ दिन अघि

      राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

      २ दिन अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

      २ दिन अघि

      नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

      २ दिन अघि

      अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

      २ दिन अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      २ दिन अघि
    आज: २०८३ जेष्ठ २२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    ऊर्जा उद्यमीहरूको जोड : बलियो इप्पान बिना ऊर्जा क्षेत्रको विकास सम्भव छैन

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २२, शुक्रबार (१८ घण्टा अघि)
  • ३७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक छलफल तथा अन्र्तकृया कार्यक्रम आज जेठ २० गते बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा सम्पन्न भएको छ । भेलामा प्रस्तुतीकरण गर्दै ईप्पानका उपमहासचि प्रकाश दुलालले अहिले करिब ४३ सय मे.वा. जडित क्षमतामा ३६६२ मे.वा. अर्थात् ८५ प्रतिशत निजी क्षेत्रबाट विद्युत उत्पादन भईरहेको, करिब ५८०० मे.वा. आयोजना निजी क्षेत्रले निर्माण गरिरहेको र करिब २१०० मे.वा. पिपिए गरेर निर्माणको तयारीमा रहेको जानकारी गारउँदै १० वर्षमा ३०००० मे.वा. बनाउन आयोजनाको अध्धयन सम्पन्न गरेर पिपिएका लागि आवेदन गरेका करिब १६००० मे.वा. आयोजनाको तत्काल पिपिए खुलाउन आवस्यक रहेको बताए ।

    दुलालले अहिले जलविद्युत तर्फ ३,७९७ क्षमताका १९० वटा आयोजना सञ्चालन, उत्पादन अनुमतीपत्र जारी १२१०३ मे.वा का २६२ वटा, उत्पादन अनुमतीपत्र आवेदन ९,०८८ मे.वा. का ५३ वटा, सर्भेक्षण अनुमतीपत्र जारी ११,००० मे.वा. का २४२ वटा र सर्भेक्षण अनुमतीपत्र आवेदन ७,७०६ मे.वा २३५ वटा गरि जम्मा ४३,६९४ मे.वा. ९८२ वटा आयोजना अगाडि बढाई रहेको जानकारी दिए । उनका अनुसार सौर्य आयोजनातर्फ १५४ मे.वा.का २७ आयोजना संचालन, उत्पादन अनुमतीपत्र जारी ५४ मे.वा का ९ वटा, उत्पादन अनुमतीपत्र आवेदन ७२ मे.वा. का ५ वटा, सर्भेक्षण अनुमतीपत्र जारी २००० मे.वा. का ८८ वटा र सर्भेक्षण अनुमतीपत्र आवेदन २०० मे.वा १७ वटा गरि जम्मा २४८० मे.वा. १४६ वटा आयोजना अगाडि बढाई रहेको भएपनि २१ औं बार्षिक साधारणसभामा ४५१ आयोजना ईप्प्पानमा सदस्य रहेको २४ औं बार्षिक साधारणसभामा करिब ७०० आयोजना ईप्प्पानमा सदस्य हुने अनुमान रहेको भन्दै ११३६ आयोजना मध्ये करिब ७०० मात्रै आवद्धता हुनु आफैंमा ईप्पान तर्फ सदस्को आकर्षण कम रहेको बताउँदै सबैलाई ईप्पानमा आवद्धहुने वातावरण बनाउनु पर्ने बताए ।

    उनले संस्थाको २१ औं बार्षिक साधारणसभबाट नेतृत्व चयनसँग बनेको विधान संसोधन तथा पुर्नलेखन समितिले २३ औं बार्षिक साधारणसभामा पेश गररे पारित भएको विधान संसोधनको प्रस्तव अनुसार लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न स्वतः अध्यक्ष हुन नहुने, एक कार्यकाल ईप्पानमा काम गरेको व्यक्ति अध्यक्ष उठ्न पाउनुपर्ने र पदाधिकारी हुन ईप्पानका कार्य गरेको नभई खुला गरि समय सापेक्ष परिवर्तनशिल नेर्तत्व चयन हुनुपर्ने आवस्यकता औँल्याए । उनले अबको ईप्पान एकता बद्ध, प्रभावकारी, पारदर्शी र संस्थागत सुशासनसँगै निर्णय कार्यान्वयन गर्ने जिम्मेवार हुनुपर्ने कुरामा जोड दिँदै करिब १०१ धितोपत्र बजारमा सूचिकृत भएको र करिब ५० कम्पनी आईपीओ निष्काशन प्रकृयमा रहेको बताउँदै सूचिकृत कम्पनीका अध्यक्ष तथा प्रवन्ध संचालक प्रतिनिधि रहेको ईप्पानमा सबैले जिम्मेवार र जावफदेही हुनुपर्ने कुरमा जोड दिए । उनका अनुसार अबको ईप्पान लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व चयनसँगै सबैलाई अटाउने र सबैको सम्मान गर्ने, उर्जा क्षेत्रको समग्र प्रतिनिधित्व गर्न सक्षम रहने, सरकारलाई समाधान सहितको सुझाव दिन सक्नसक्ने हुनुपर्ने बताए ।

    कार्यक्रममा ईप्पानका संस्थापक एवं पूर्व अध्यक्ष डा. सन्दीप शाहले २०५७ सालमा ४ वटा कम्पनीबाट सुरु भएको इप्पानको यात्रा आज ७०० कम्पनीको भरोसाको केन्द्र बन्दै गर्दा आफुलाई खुसी लागेको बताउँदै नेपालको जलविद्युत विकासमा अग्रणी भूमिका खेल्दै आएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले यतिबेला आफ्नो संस्थागत सुदृढीकरण र ऊर्जा विकासका रणनीतिक एजेन्डाहरूमा केन्द्रित भएर सरकारलाई दवाव दिनसक्ने हुन एकताबद्ध भएर विधानमा रहेको विवादलाई समाधान गर्दै लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व चयन गर्न अवश्यक रहेको बताए । कार्यक्रमा वरिष्ठ उर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले संस्थाको साधारणभाले विधान पारित गरेर हाललाई निर्वाचन स्थगीत गरेर सोको केही दिनपछि सबैलाई समेट्नेगरि निर्वाचन गरेर एकतावद्ध हुन सबैलाई आह्वान गर्दै उनले भने, ‘अहिले ईप्पानमा कामगर्ने भन्दा गफ गर्ने बढी छन् अब काम गर्नेहरु नेतृत्वमा आउने वातावरण बनाउन जरुरी छ ।’

    कार्यक्रममा उर्जा उद्यमी ईं. विनोद देवकोटाले अघिल्लो निर्वाचनमा आफूले महासचिव पदमा उमेद्धारी दिएर विधानको कारणले खारेजी भएको र सोही समयमा ईप्पानका सल्लाहकार ई. भानुभक्त पोखरेलेको संयोजकत्वमा विधान संसोधन तथा पुर्नलेखन समिति बनेर उसले सबैको राय सुझावसहित २३ औं वार्षिक साधारणसभामा पेश गरेर सभाले पारित गरेको विधान कार्यान्वयन गरेर संस्थालाई एकताबद्ध बनाउन नेतृत्व समक्ष आग्रह गरे ।

    कार्यक्रममा नेपाल ईन्जिनियरिङ्ग एसोसिएसनका अध्यक्ष तथा उर्जा उद्यमी ई. सुवास बराले भने, ‘आज इप्पानका एजेन्डा जलविद्युतमा लगानी गर्नेहरूको मात्र रहेन, यो देश र जनताको आवाज बनेको छ, ईन्जिनियरिङ्ग जनशक्त उपयोगको मुख्य क्षेत्र रहेको वताउँदै बदलिँदो परिस्थिति अनुसार सदस्यहरुले उठाएका कुराहरू समेटेर सबैलाई मान्य हुने गरि विधान संसोधन गरेर निर्वाचन गर्न सुझाव दिए । कार्यक्रममा उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका दाबेदार उत्तम भ्लोनले संस्थाभित्र फुट हुनुभन्दा एकता हुनुपर्नेमा जोड दिए । लामाले भने, ‘इप्पानको वृहत्तर हित र सहमतिका लागि यदि कार्यसमितिले बलराम खतिवडाजीलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत मान्छ भने म आफ्नो दाबी छोड्न तयार छु र सल्लाहकार बसेर सहयोग गर्नेछु ।’

    संस्थाभित्र फुट हुनुभन्दा मिलेर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताउँदै लामाले भने इप्पानलाई अब परम्परागत स्वरूपबाट रूपान्तरण गरी महासंघको ढाँचामा लैजानुपर्ने प्रस्ताव समेत गरे । कार्यक्रममा ईप्पानको सल्लाहकार ईं लालकृष्ण के.सी. संस्थाको ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा अझ बलियो बनाउने आवश्यक प्रतिबद्धता व्यक्त गर्दै इप्पानको ब्रान्ड लोकप्रिय भइसकेको चर्चा गर्दै अब संस्थालाई यसको साख जोगाएर अगाडि बढ्न सबैलाई समेट्न विधान परिवर्तन गरेर नेर्तत्व चयन गर्दै सदस्यहरुको एकतामा जोड दिए ।

    वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले विधानलाई समयसापेक्ष परिमार्जन गरी संस्थालाई अझ गतिशील बनाउने बताए । वि.सं २०५७ मा स्थापना भएको इप्पानको विधान यसअघि २०६७, २०७६ र २०७८ सालमा परिमार्जन भइसकेको उल्लेख गर्दै डाँगीले भने, ‘अहिलेको बदलिँदो परिस्थिति र आवश्यकता अनुसार विधानलाई अझै परिष्कृत गर्दै लैजान कार्यसमितिले गम्भीरतापूर्वक गृहकार्य गरिरहेको छ ।’ कार्यक्रमा ईप्पानका अध्यक्ष कार्कीले सरकारको १०० बुँदे कार्यक्रममा ३० हजार मेगावाट बिजुली उत्पादन, पीपीए खुला गर्ने, र वान डोर पोजस्ता महत्वपूर्ण विषय पर्नु इप्पानको ठूलो सफलता भएको बताएउँदै विवादहरूलाई छलफलको माध्यमबाट समाधान गरी निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रमको अध्यक्षता गरेका ईप्पानका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले कार्यसमितिमा देखिएका विवादहरूलाई छलफलको माध्यमबाट समाधान गरी निष्कर्षमा पुर्‍याउने आफूले भूमिका खेले प्रतिबद्धता व्यक्त गरे । उनले आगामी नेतृत्व चयनका सन्दर्भमा सबै सदस्यहरूलाई एकजुट हुन अपिल गर्दै भने विधान संशोधनलाई जालझेल र चिटिङ मुक्त बनाएर सबैले स्वागत गर्ने खालको डकुमेन्ट बनाउन सुझाव दिए । आचार्यले विधानलाई सबैले स्वीकार गर्ने साझा दस्तावेजको रूपमा परिमार्जन गर्नुपर्ने बताए । आगामी साधारण सभामा लैजाने विधानमा कुनै जालझेल वा छलकपट हुन नहुने उनको भनाइ थियो ।

    कार्यक्रमको संचालन गरेको ईप्पानका महासिच बलराम खतिवडाले नेतृत्वमा नैतिकता हुनुपर्ने र नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै उनले आफूहरुले नेतृत्वमा आउन नभएर बाहिर रहेका सक्षम साथिहरुलाई नेतृत्वमा ल्याउन आफूहरु सबैलाई खुला गरेर निर्वाचनमा जाने पक्षमा रहेको बताउँदै उनले भने आफू नेर्तत्वमा आए २ वर्षभन्दा बढी पदमा नबस्ने घोषणा गरेर त्यागको नयाँ संस्कार सुरुवात गर्ने घोषणा समेत गरे । कार्यक्रममा बोल्ने व्यक्तिहरुले लगानीकर्ताहरू संगठित नभए सरकारले बेवास्ता गर्ने चेतावनी दिएका छन् । बीमा प्रिमियम वृद्धि विरुद्धको आन्दोलनलाई उदाहरण दिँदै उनीहरुले भनेका छन् , ‘सरकार जुनसुकै आए पनि उसले हामीलाई रेड कार्पेट ओछ्याउँदैन, बरु काँडा बिछ्याउन सक्छ । यस्तो बेला हाम्रो संगठन बलियो भएन भने हामी केही गर्न सक्दैनौं ।’ उनीहरुले संस्थामा पद ओगट्नुभन्दा पनि सक्रियता ठूलो कुरा भएको बताउँदै चुनावभन्दा पनि सर्वसम्मतिलाई प्राथमिकता दिन सुझाव दिएका छन् । ‘सर्वसम्मत निर्णय गर्न समय लाग्छ भने बरु केही समय निर्वाचन पछाडि लैजानुस्, तर संस्थालाई विभाजन हुन नदिनुस्,’ उनीहरुले भनेका छन् । उनीहरुले निर्वाचनभन्दा सर्वसम्मत निर्णयले संस्थालाई बलियो बनाउने सुझाव समेत दिएका छन् ।

    इप्पानको २४ औं वार्षिक साधारणसभाको एजेण्डामा रहेको विधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सोका सम्वन्धमा उर्जा उद्ययमीहरुसँग राय सुझाव लिएर आगामि निर्वाचनको रणनिति तय गर्ने मुख्य उदेशयका साथ अगाडि बनाइएको भेलामा जलविद्युत् क्षेत्रसँग सम्बन्धित किरब ३५० निजी क्षेत्रका व्यवसायी एवं लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

    नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि, एक हजार उद्यमी सहभागी हुने

    सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी जुट्ने, ग्लोबल आइएमई बैंकको नेतृत्वमा वित्तीय सम्झौता

    ईभी पोर्टफोलियो विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

    शिक्षण अस्पताललाई काठमाडौं महानगरको १ करोड ७० लाख बराबरका स्वास्थ्य उपकरण सहयोग

    महानगरको प्रविधि सहयोगपछि शिक्षण अस्पतालको ओपीडी सेवा डिजिटलतर्फ, सेवा सुधारप्रति प्रा.डा. सुवास आचार्यको विश्वास

    समाचार

    विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

    नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि, एक हजार उद्यमी सहभागी हुने

    ऊर्जा उद्यमीहरूको जोड : बलियो इप्पान बिना ऊर्जा क्षेत्रको विकास सम्भव छैन

    सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी जुट्ने, ग्लोबल आइएमई बैंकको नेतृत्वमा वित्तीय सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑