आज: २०८३ भाद्र १६, मंगलबार
    • ताजा अपडेट

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ९ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ९ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      २ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      २ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      २ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      २ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      २ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपाल भारत आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा चेम्बरको जोड

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २३, शनिबार (२ महिना अघि)
  • ४३१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • गोरखपुर, भारत । भारत–नेपाल आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले आयोजित “भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६” मा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवर्द्धन, भैरहवा विशेष आर्थिक क्षेत्र (एसईजेड) मा लगानी विस्तार, व्यापार सहजीकरण तथा पूर्वाधार विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

    साथै रेल कनेक्टिभिटी विस्तारमा विशेष जोड दिनुपर्नेमा पनि सहमति जनाइएको छ। सो अवसरमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले नेपाल–भारतबीचको ऐतिहासिक ‘रोटी–बेटी’ सम्बन्धलाई आर्थिक समृद्धि, व्यापार विस्तार, लगानी अभिवृद्धि र पर्यटन विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याए । उनले खुला सीमा, सांस्कृतिक निकटता र धार्मिक सम्बन्धले दुई देशबीच सहकार्यका प्रशस्त अवसर सिर्जना गरेको बताए ।

    अध्यक्ष पोखरेलले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनका अनुसार विमानस्थलहरू प्रभावकारी रूपमा सञ्चालन भएमा लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार, होटल व्यवसाय तथा लगानी प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्नेछ । उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतका पर्यटन व्यवसायी तथा निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए ।

    लुम्बिनी, कुशीनगर, बोधगया र सारनाथलाई जोडेर संयुक्त बौद्ध पर्यटन सर्किट विकास गर्न सके दक्षिण एसियाकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य निर्माण गर्न सकिने उनको धारणा थियो । अध्यक्ष पोखरेलले कृत्रिम बौद्धिकता (एआई) प्रविधि, डिजिटल भुक्तानी, सीमा व्यापार, जैविक उत्पादन, नेपाली कफी तथा आयुर्वेदको प्रवर्द्धनसँगै सुरक्षा चुनौती न्यूनीकरण र भारतजस्तो विशाल बजारमा नेपाली साना उत्पादनहरूले भोग्नुपरेका समस्याहरू समाधानका लागि नीतिगत सरलीकरण र सहज बजार पहुँच आवश्यक रहेको बताए । उनले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (एसईजेड) मा भारतीय उद्योग तथा लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। सीमावर्ती क्षेत्रको औद्योगिक सम्भावनालाई उपयोग गर्दै संयुक्त उत्पादन र निर्यात प्रवर्द्धनका कार्यक्रम अघि बढाउनुपर्ने उनको सुझाव थियो ।

    भारतको गोरखपुरमा आयोजित भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६ अन्तर्गत भएको राउन्ड टेबल छलफलमा सहभागीहरूले नेपाल–भारतबीचको आर्थिक तथा व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्। कार्यक्रम भारत–नेपाल केन्द्र, भारतीय वाणिज्य तथा उद्योग चेम्बर (आईसीसीआई) को सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रममा अतुल कुमार ठाकुरले उद्घाटन मन्तव्य दिएका थिए भने आईसीसीआई का को–चेयर कामलेश जैनले स्वागत मन्तव्य दिएका थिए ।

    भारतस्थित नेपाली दूतावासका तारानाथ अधिकारी, आर्थिक काउन्सिलर डा. सुरेन्द्र थापा तथा उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का प्रतिनिधि कृष्णप्रसाद शर्मा लगायतले नेपाल–भारत आर्थिक सम्बन्ध सुदृढीकरण र सहकार्य विस्तारमा जोड दिएका थिए। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसहित नेपाल र भारतका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    समाचार

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑