काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला पाँच हजार २०० रुपैयाँले घटेर दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला चार हजार ४८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर चार हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।




