• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ५ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ५ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      १ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      १ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      १ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      १ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      १ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    घरधुरी सर्वेक्षणपछि ६ शून्य खोप र १४९ आंशिक खोप बालबालिकाले पाए पूर्ण खोप

  • लाईभ नेपाल
  • २०८३ अषाढ २१, आईतबार (१ महिना अघि)
  • ३१६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको औपचारिक समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गर्नुभएको हो । समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा कार्यालयहरुलाई पूर्ण खोप सुनिश्चित वडा प्रमाण पत्र प्रदान गर्नुभयो ।

    समारोहमा अधिकारीहरुले आगामी दिनमा कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । समारोहमा स्वास्थ्य विभागका खोप फोकल पर्सन मैयाँ सैँजुलाई पूर्ण खोपका लागि योगदान दिएवापत सम्मान प्रदान गरिएको थियो । त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै आफ्ना अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई अभिभावक र सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘बाल मृत्यृदर घटाउन, व्यक्तिमा हुन सक्ने अपाङ्गता घटाउन खोप प्रभावकारी माध्यम हो ।’ डंगोलले भन्नुभयो, ‘बालबालिकालाई जोखिमबाट बचाउन सक्रिय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाको योगदान अतुलनीय छ ।

    हरेक बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन हरेक अभिभावकहरुलाई दायित्व निर्वाह गर्न अनुरोध गर्दछु ।’ ‘पूर्ण खोप सुनिश्चित गर्न २०८२ जेठ २८ गतेदेखि स्वास्थ्य विभागले खोप लगाउनबाट छुटेका लक्षित समूहका बालबालिका खोज्ने र खोप लगाउने कार्यक्रम ‘घरधुरी सर्वेक्षण’ प्रारम्भ ग¥यो ।’ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित गराउन पूरा गरेका प्रक्रियाका विषयमा जानकारी दिँदै स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले भन्नुभयो, ‘घरधुरी सर्वेक्षणबाट शून्य खोप अवस्थामा भेटिएका ६ जना र आंशिक खोप लगाएका १४९ जना बालबालिकालाई खोप प्रदान गरेपछि खोप सुनिश्चित भएको हो ।’

    काठमाडौँ महानगरपालिकाभित्र जन्मेदेखि ५ वर्षसम्मका ८९ हजार ५६ बालबालिका लक्षित समूहमा छन् । यसमध्ये घरधुरी सर्वेक्षणमा २० हजार ५१ जना बालबालिकासँग सम्पर्क भएको थियो । घरधुरी सर्वेक्षणमा जन्मेदेखि १५ महिनासम्मका ३५ हजार ३३२ जना बालबालिका लक्षित समूहमा थिए । यस समूहमा ४ हजार ८ सय बालबालिका भेट्टाइए । यीमध्ये ३ जनामा शुन्य डोज खोप थियो भने १६ जनाले आंशिक खोप लगाएका थिए । १६ महिनादेखि २३ महिनासम्मका ९ हजार १०७ जना बालबालिका लक्षित थिए । घरधुरी सर्वेक्षणका क्रममा ३ हजार ८६८ जना बालबालिका भेटिए । जसमा १ जनामा शून्य डोज थियो । ५० जनामा आंशिक डोज थियो । २४ महिनादेखि ५ वर्षसम्मका ४४ हजार ६१७ जना बालबालिका लक्षित थिए ।

    घरधुरी सर्वेक्षणमा ११ हजार ३८३ जना बालबालिका भेटिए । यसमा २ जनामा शून्य डोज र ८३ जनामा आंशिक डोज थियो । यसरी भेट्टाइएका बालबालिकाहरुलाई खोप प्रदान गरिएको थियो । २०८३ असार ३ गतेदेखि ६ गतेसम्म वडाहरुको भेरिफिकेसन गरियो । सबै वडा भेरिफिकेसन भएपछि महानगर खोप समन्वय समितिले असार ११ गते पूर्ण खोप घोषणाका लागि शिफारिस जिल्ला खोप समन्वय समितिलाई शिफारिस पठायो । जिल्ला समन्वय समितिबाट असार १५ गते महानगरपालिका पूर्ण खोप भेरिफिकेसन भयो । यसपछि काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको हो । असार १७ गते जिल्ला खोप समन्वय समितिले काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप घोषणा, दिगोपना प्रमाणीकरण तथा महानगर पूर्ण खोप घोषणा सभा आयोजना गर्न अनुरोध गर्यो ।

    यसका आधारमा असार १९ गते ‘काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा सभा’ आयोजना गरिएको हो । महानगर खोप नसुश्चित घोषणा भएपछि नेपालमा खोपको इतिहास सम्झना गर्दै स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. अभियान गौत्तम भन्नुभयो, ‘भीमसेन थापाको पालामा काठमाडौँ उपत्यका र काभ्रेमा फैलिएको विफरको महामारी रोक्न खोप लगाएपछि विफर नियन्त्रण थियो । यसपछि जनताले खोप लगाएपछि महामारीबाट बच्न सकिन्छ भन्ने विश्वाश बढेको हो ।’ उहाँले भन्नुभयो, ‘त्यसपछि संक्रामक समस्या घटाउन र प्रतिरोधात्मक क्षमता बढाउन खोप कार्यक्रम सञ्चालनले नियन्तरता पाएको हो ।

    क्रमशः खोप सेवा स्थानीय सरकारबाट प्रभावकारी रुपमा सञ्चालन भएको गौत्तमको भनाइ छ । नेपालमा २०३४ सालदेखि विस्तारित खोप कार्यक्रम सुरु भएको हो । ‘खोपकै कारण मानव सभ्यतालाई पोलियो शून्य बनाउन सकिएको हो ।’ स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख सागरप्रसाद घिमिरेले भन्नुभयो, ‘खोपकै कारण मानिसलाई मृत्युको मुखबाट जोगाउन सकिएको छ ।’ सरकारले खोप कार्यक्रममा गरेको लगानीबाट समुदायमा प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ ।

    काठमाडौँलाई पहिलो पटक २०७४ साल पुस महिनामा पूर्ण खोप घोषणा गरिएको हो । खोपको दिगोपनालाई कायम राख्न यसपटक खोप सुनिश्चित घोषणा गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    समाचार

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑