काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिका वडा नं. २८ को समन्वय र डिजिटल आइसिटी मिडिया प्रा. लि. को आयोजनामा आजदेखि “२१ दिने करदाता सचेतना, डिजिटल भुक्तानी तथा व्यावहारिक अभ्यास कार्यक्रम” भव्य रूपमा सुरु भएको छ। स्थानीय व्यवसायी, घरधनी तथा करदाताहरूलाई डिजिटल कर प्रणाली (Online Tax Payment) सँग अभ्यस्त गराउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको उद्घाटन समारोह डिजिटल आइसिटी मिडिया प्रा. लि. का कार्यवाहक अध्यक्ष कृष्णराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो। समारोहमा प्रमुख अतिथिका रूपमा काठमाडौँ महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष भाईराम खड्गी ‘प्रकाश’ रहनुभएको थियो।
वडाको विकास र प्रविधिको आवश्यकता उद्घाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष भाईराम खड्गी ‘प्रकाश’ ले स्थानीय तहको दिगो विकासका लागि करदाताहरूको महत्त्वपूर्ण योगदान रहने उल्लेख गर्दै अनलाइनबाटै घरबहाल, व्यवसाय र सम्पत्ति कर तिर्न सक्ने प्रविधिको विकास भइसकेकाले यस्ता व्यावहारिक अभ्यास कार्यक्रमले नागरिकलाई झन्झटमुक्त बनाउने विश्वास व्यक्त गर्नुभयो
अतिथि तथा सरोकारवालाहरूको उपस्थिति कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा सचिव कृष्णप्रसाद सोती उपस्थित रहनुभएको थियो। त्यसैगरी राष्ट्रिय अभिभावक संघका केन्द्रीय सदस्य तथा समाजसेवी गोविन्द भुसाल, समाजसेवी तथा खेलप्रेमी सुशील राना, कपडा व्यवसायी तथा समाजसेवी सजिना थापा, आईआईएफटी (IIFT) की ऊर्जा मानन्धर, व्यवसायी तथा समाजसेवी गोविन्द महत लगायत विभिन्न संघसंस्था तथा व्यापारिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
१२ दिनको सघन कक्षा र प्रशिक्षकहरू यस २१ दिने कार्यक्रम अन्तर्गत सुरुवाती १२ दिनसम्म सघन इन-हाउस कक्षाहरू सञ्चालन हुनेछन्। जसमा राजस्व विशेषज्ञ बासुदेव गजुरेल, कानुनी विज्ञ गोविन्द भुषाल र पुष्कर राज पाण्डे र आइसिटी प्राविधिक सावित्री बस्नेतले सहभागीहरूलाई कर गणना, कानुनी प्रावधान, अनलाइन कर पोर्टलको प्रयोग र डिजिटल वालेट मार्फत भुक्तानी गर्ने व्यावहारिक तरिकाहरूबारे प्रशिक्षण दिनुहुनेछ।
यो कार्यक्रम आगामी २०८३ असार ७ गते सम्म सञ्चालन हुनेछ, जसमा १२ दिनको कक्षापछि ३ दिन फिल्ड भिजिट, २ दिन करदाता संकलन, ३ दिन स्थलगत गतिविधि र अन्तिम दिन समीक्षा कार्यशाला गरिने आयोजकले जनाएको छ।

