• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ५ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ५ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      १ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      १ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      १ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      १ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      १ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

  • लाईभ नेपाल
  • २०८३ अषाढ २२, सोमबार (१ महिना अघि)
  • ३१३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकास सम्बन्धी अन्तर्कृया तथा नयाँ सदस्य स्वागत कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड दिईएको छ । कार्यक्रममा सहभागी व्यवसायी नेता तथा युवा उद्यमीहरूले मुलुकको आर्थिक पुनरुत्थान, लगानी विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासका विविध पक्षमा छलफल गर्दै आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बारे चर्चा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले युवाहरूले सकारात्मक सोच, समन्वय र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए ।

    हरित अर्थतन्त्रको नयाँ अवधारणाले विश्वव्यापी रूपमा गति लिइरहेको उल्लेख गर्दै उनले नयाँ विश्वको नेतृत्व लिन सक्षम युवाशक्ति तयार हुनुपर्नेमा जोड दिए । विश्वव्यापी सञ्जाल विस्तार, लगानी आकर्षण तथा रोजगारी सिर्जनामा युवाले अग्रसर रहि भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष अग्रवालले नेपाल चेम्बर अफ कमर्सले युवामा गरिएको लगानीले दीर्घकालीन रूपमा देशको अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । चेम्बरको हिरक जयन्ती मुल समारोह समितिका संयोजक तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले युवाले नवीन सोच र नयाँ व्यवसायिक क्षेत्रको पहिचान गरी उद्यमशीलतामा अघि बढ्नुपर्नेमा जोड दिए ।

    विदेशका युथ चेम्बरहरूसँग सम्बन्ध विस्तार गरी नयाँ प्रविधि, ज्ञान र व्यवसायिक अभ्यास आदानप्रदान गर्न सके व्यापार विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो । नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको पहिलो संस्था भएकाले यसको ७५ वर्षे गौरवशाली यात्रासँग जोडिनु आफैंमा गर्वको विषय भएको उनले उल्लेख गरे । व्यापारमा जोखिम रहे पनि त्यसले सिर्जना गर्ने रोजगारी, उत्पादन र अर्थतन्त्रमा पु¥याउने योगदान अत्यन्त महत्वपूर्ण रहेको उनले बताए । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले मुलुकका लागि सम्भावना भएका नयाँ क्षेत्रहरूको पहिचान गरी युवाले अर्थतन्त्रमा नवीनता भित्र्याउन सक्ने बताए ।

    नवप्रवर्तनसम्बन्धी नीतिगत अवसरहरूको अधिकतम उपयोग गर्दै सिर्जनशील सोचका साथ उद्यममा अघि बढ्न उनले युवाहरूलाई आग्रह गरे । नेपाल युथ चेम्बरका अध्यक्ष दिपेश रत्न तुलाधरले सफल उद्यमको यात्रा एउटा सशक्त विचार, सक्षम टोली र जिम्मेवार नेतृत्वबाट सुरु हुने बताउनुभयो। युवाका विचार, ऊर्जा, लगाव र दूरदृष्टिलाई समाजले विश्वास र सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, नेटवर्क विस्तार तथा व्यवसायिक अवसर सिर्जनाका लागि नेपाल युथ चेम्बर निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा युथ चेम्बर उपाध्यक्ष कश्यप शाक्य, महासचिव नेहा श्रेष्ठ अमात्य, कोषाध्यक्ष स्कन्द अमात्य लगायतले वक्ताको रुपमा आफनो धारणा राखेका थिए भने सहभागी युवा उद्यमीहरूले मुलुकमा देखिएको आर्थिक मन्दी, तरलता, लगानीको संकुचन, स्टार्टअप प्रवद्र्धन, सहुलियतपूर्ण कर्जा, व्यवसायमैत्री वातावरण तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धिसम्बन्धी विषय उठाएका थिए । उनीहरूले सरकारले उद्यमशीलतालाई प्रोत्साहन गर्ने स्पष्ट नीति, सहज वित्तीय पहुँच र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा युवा उद्यमी, उद्योगी, व्यवसायी तथा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    समाचार

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑