• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

      ४ घण्टा अघि

      कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

      ४ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      ४ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      ४ घण्टा अघि

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      २0 घण्टा अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      २0 घण्टा अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      २0 घण्टा अघि

      नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

      २0 घण्टा अघि

      अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

      २0 घण्टा अघि

      हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

      २0 घण्टा अघि

      लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

      २0 घण्टा अघि

      एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

      २0 घण्टा अघि

      स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

      २0 घण्टा अघि

      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

      २0 घण्टा अघि

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      ३ दिन अघि
    आज: २०८३ भाद्र १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

  • लाईभ नेपाल
  • २०८३ अषाढ २६, शुक्रबार (१ महिना अघि)
  • २८२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले गत वर्षको जेठमा एउटा बाख्राको पाठा उपहारमा प्राप्त गरिन् । त्यही बाख्राबाट जन्मेको पाठी समूहका सदस्य चन्द्री हरिजनले उपहारस्वरूप यो वर्ष परियारबाट पाइन् । सोही समूहका सात महिलाले यस वर्ष सात वटा बाख्राका पाठा उपहारस्वरूप पाएका छन् ।

    बागलुङ नगरपालिकाले तीन वर्षयता सञ्चालनमा ल्याएको आत्मनिर्भर परियोजनाअन्तर्गत नगरका १० वडाका ८५ महिलालाई यस वर्ष बाख्राका पाठा र बीउ पुँजीका लागि बोका उपहारस्वरूप प्राप्त गरेको छ । ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत नगरपालिकाले हेफरको प्राविधिक सहयोगमा महिलालाई ८५ वटा बाख्राका पाठी र बोका वितरण गरेको हो ।

    नगरपालिकाको आर्थिक, हेफर परियोजनाको प्राविधिक सहयोग तथा नेपाल गाँजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा नगरका १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

    उक्त कार्यक्रमअन्तर्गत बागलुङ-५ देखि वडन नं १४ का २२ मूल समूह, ४९ उपहार समूहमार्फत चालु आर्थिक वर्षमा ७५ वटा बाख्राका पाठी र १० वटा बोका उपहारस्वरूप प्रदान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

    सुरुको वर्ष खरिद गरेर प्रदान गरिएको बाख्राबाट जन्मेको पहिलो पाठी उपहारस्वरूप समूहका अर्का सदस्यलाई दिनुपर्ने नियमअनुसार गतवर्ष बागलुङ नगरपालिकाका १० वटा वडामा १०४ वटा पाठापाठी उपहारस्वरूप प्रदान गरिएको थियो भने चालु आर्थिक वर्षमा ८५ वटा पाठापाठी प्रदान गरिएको छ ।

    नगरप्रमुख श्रेष्ठले उपहार स्वरूप ७५ बाख्राका पाठी तथा १० वटा बोका विपन्न तथा लक्षित महिलालाई वितरण गरिएको बताए । विपन्न महिलालाई सानो सहयोग र तालिमले आत्मनिर्भर बन्न ठूलो मद्दत गर्ने उनको भनाइ छ ।

    “नगरभित्र बाख्रापालन र तरकारीको सम्भावना बढी छ । परम्परागत रूपमा बाख्रापलान नभएको होइन, व्यावसायिक बन्न खोर सुधार तथा बाख्राको स्वास्थ्यमा ध्यान दिन नगरपालिकाले वार्षिक एक करोड ५० लाख खर्च गरिरहेको छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘बाख्राको पाठापाठी मात्रै दिँदैनौँ, बाख्रापालनको सीप, खोर सुधार र आयआर्जनको रकम बचत गर्न सिकाउँछौँ । नगरको बजार क्षेत्रबाहेक वडामा बाख्रापालनको सम्भावना हेरेरै लगानी गरेका छौँ । कार्यक्रमको प्रभावकारिता देखेर पुनःआगामी वर्षलाई निरन्तरता दिने योजनामा छौँ ।’

    उक्त कार्यक्रमबाट तीन वर्षमा ६२० जनाभन्दा बढी महिला लाभान्वित भएका छन् । उनीहरूलाई बाख्रा पालनका लागि बीउ पुँजीबाट सहयोग मिलिरहेको छ भने कतिपयलाई तालिम प्रदान गरिएको छ ।

    समूहअन्तर्गत रहेका महिला बिस्तारै बाख्रापालनको रकमलाई बचत गर्दै लैजाने योजनामा छन् । आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत २२ मूल समूहअन्तर्गत ४९ उपाहर समूह गठन गरेर तालिम, तरकारीको बीउदेखि टर्नेल निर्माणमा सहयोग गरिएको नगर कार्यालयले जनाएको छ ।

    महिलालाई दिइएको पाठापाठीलाई हुर्काउने, बीउ पुँजीका रूपमा विकास गर्दा आयआर्जन बढ्नुका साथै विपन्न परिवार आत्मनिर्भर भइरहेका, स्वरोजगारका अवसर सिर्जना भइरहेका फाउण्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनले जानकारी दिइन् । उनले महिलालाई बाख्रापालनमा आकर्षित गर्ने, बचत गर्न सिकाउने, तरकारीखेतीमा आकर्षित गर्ने र बाख्रपालनलाई वृद्धि गर्ने तरिका सिकाउँदा फलदायी हुने विश्वास व्यक्त गरिन् । रासस

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

    कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    समाचार

    ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

    कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑