काठमाडौं । सरकारले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका हुन् ।
केही दिनअघि नेपालमा दलाई लामको जन्मदिन मनाउन सरकारले अनुमति दिएसँगै संसदमा नेपाल एक चीन नीति विपरित गएको हो ? भन्दै प्रश्न उठेको थियो । सोही प्रश्नको जवाफमा सरकारले नेपाल आफ्नो भूमि कुनैपनि छिमेकी मुलुकको हित विपरित प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।
उनले नेपालले नेपालको भूमि कुनैपनि मित्र राष्ट्रको हित विपरित प्रयोग हुन नदिने बताए ।
‘नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ । नेपालले आफ्नो भूमि कुनैपनि छिमेकी मुलुकको हित विपरित प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग छ,’ उनले भने, ‘हामी हाम्रो भूमि, नेपाली भूमि कुनैपनि मित्र राष्ट्रको हित विपरित प्रयोग हुन नदिने र नहुने विषयमा प्रतिवद्ध छौँ । सोही प्रतिवद्धता बमोजिम सरकारको नीति र सरकारको अडान यथावत छ ।’
उनले एक चीन नीतिमा नेपाल सरकारको नीति र सरकारको अडान यथावत रहेको बताए ।




