काठमाडौं । नेपाल हियरिङ एण्ड स्पिच क्लिनिकले नेपालमा श्रवण (हियरिङ) तथा वाणी (स्पिच) सेवामा १५ वर्ष पूरा गरेको छ । क्लिनिकले विगत डेढ दशकदेखि हियरिङ परीक्षण, हियरिङ एड फिटिङ, कक्लियर इम्प्लान्ट सेवा, स्पिच–ल्याङ्ग्वेज थेरापी, काउन्सिलिङ तथा फलोअप सेवामार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौंको थापाथलीस्थित मुख्य कार्यालयसँगै विराटनगर, पोखरा र नेपालगञ्जमा शाखा सञ्चालन गरिरहेको क्लिनिकले भक्तपुर, पुल्चोक र ग्वार्कोस्थित विभिन्न स्वास्थ्य संस्थामार्फत पनि अडियोलोजी सेवा विस्तार गरेको छ । क्लिनिकका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको साउण्डप्रुफ अडियोलोजी कक्षले श्रवण परीक्षणलाई थप सटीक र विश्वसनीय बनाएको छ ।

हालसम्म क्लिनिकले ६० भन्दा बढी कक्लियर इम्प्लान्ट सेवा, २५ हजारभन्दा बढी हियरिङ एड फिटिङ तथा ४० हजारभन्दा बढी हियरिङ परीक्षण सम्पन्न गरिसकेको छ । नेपाल हियरिङ एण्ड स्पिच क्लिनिक फोनाक, सिग्निया र स्टार्की ब्रान्डका हियरिङ एडको नेपालका लागि आधिकारिक वितरकसमेत रहेको छ । क्लिनिकले हियरिङ एड छनोट, फिटिङ, प्रोग्रामिङ, काउन्सिलिङ, वारेन्टी, नियमित फलोअप, प्राविधिक सहयोग तथा आजीवन सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

संस्थापक तथा अध्यक्ष पुरुषोत्तम भुर्तेलको नेतृत्वमा सञ्चालित क्लिनिकमा हाल ३५ भन्दा बढी अडियोलोजिस्ट, स्पिच–ल्याङ्ग्वेज प्याथोलोजिस्ट तथा व्यवस्थापन टोली कार्यरत छन् । क्लिनिकले आगामी दिनमा पनि आधुनिक प्रविधि र सेवाग्राही–केन्द्रित उपचारमार्फत श्रवण तथा वाणी सेवालाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।