काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर दुई लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला चार हजार ३६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

