काठमाडौं । नेपालका लागि MAXUS सवारी साधनकाे आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रा.लि. ले नयाँ शक्तिशाली र प्रिमियम इलैक्ट्रिक फोर-हिवल ड्राइभ पिकअप MAXUS TERRON 9 Comfort नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य रू. ८८,००,००० तोकेको छ । यो मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुने कम्पनीले जनाएकाे छ । शक्तिशाली प्रदर्शन, लामो रेन्ज, आरामदायी यात्रा र व्यवहारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको eTERRON 9 Comfort दैनिक यात्रा, लामो दूरीको ड्राइभ, आउटडोर एडभेन्चर तथा व्यवसायिक प्रयोगका लागि उपयुक्त रहेकाे कम्पनीकाे भनाइ छ ।
गाडीमा १०२.२ kWh क्षमताको ब्याट्री जडान गरिएको छ, जुन नेपालकै सबैभन्दा ठूलो क्षमता भएको ब्याट्री प्याक भएकाे कम्पनीकाे दाबी छ । जसले एकपटक पूर्ण चार्ज गर्दा NEDC मापदण्डअनुसार ५६० किलोमिटरसम्मको रेन्ज दिन्छ। यसले ११५ kW सम्मको DC फास्ट चार्जिङ सपोर्ट गर्छ र ब्याट्रीलाई करिव ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म बार्ज गर्न सकिन्छ । eTERRON 9 Comfort मा अगाडि १२५ kW र पाहाडि २०० kW क्षमताका दुईवटा इलेक्ट्रिक मोटर छन् । यसले कुल ७००Nm टर्क उत्पादन गर्छ। गाडीले केवल ५.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ ।
हिमालय माेट्रक्स प्रा.लि. का प्रतिनिधिले भने, “MAXUS eTERRON 9 Comfort ले लामो इलेक्ट्रिक रेन्ज, शक्तिशाली फोर-हि्वल ड्राइभ क्षमतासहित उच्च हिमाली क्षेत्र, हिलो सडक, ढुङ्गे सडकमा चलाउन मिल्ने मोडहरू भएको उच्च सुरक्षा र आरामलाई एउटै गाडीमा समेटेको छ ।” शक्तिशाली र व्यावहारिक क्षमता MAXUS eTERRON 9 Comfort ले १,०५० केजीसम्म सामान बोक्न सक्छ भने यसको ब्रेकसहितको टोइङ क्षमता ३,५०० केजीसम्म रहेको छ । यसको कार्गो बक्सको आकार १,५६१ मिनि १,१०० मिमि ५३५ मिमि रहेको छ ।
यसमा व्यवसायिक सामान, यात्रा सामग्री तथा दैनिक प्रयोगका विभिन्न सामग्री सजिलै राख सकिन्छ । गाडीमा विभिन्न प्रकारका सडक र भू-भागमा सहज रुपमा चलाउन सहयोग गर्ने All-Terrain System (ATS) दिइएको छ । यसले ५४५ मिमि गहिराइसम्मको पानीमा चल्न सक्ने क्षमता राख्छ । गाडीको एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री रहेको छ ।
डबल विशबोन फन्ट सस्पेन्सन र मल्टी-लिङ्क इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले नेपालको फरक-फरक सडक अवस्थामा पनि आरामदायी र स्थिर यात्रा प्रदान गर्न सहयोग गर्छ । आरामदायी क्याबिन र आधुनिक प्रविधि पाँचजना यात्रुका लागि तयार गरिएको eTERRON 9 Comfort को क्याबिन फराकिलो र आधुनिक छ । यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन गरी दुईवटा स्क्रिन उपलब्ध छन् ।
गाडीका मुख्य सुविधाः
Apple CarPlay र Android Auto अटोमेटिक एयर कन्डिसनिङ ६ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट मल्टिफङ्न माइक्रोफाइबर लेदर स्टेयरिङ हिवल पछाडिका यात्रुका लागि एसी आउटलेट USB Type-C चार्जिङ पोर्ट चाबी ननिकाली गाडी खोल्न र स्टार्ट गर्न सकिने सुविधा अटोमेटिक हेडलाइट र वाइपर बाहिरी विद्युतीय उपकरण चलाउन मिल्ने Vehicle-to-Load सुविधा वन-टच पावर विन्डो फाइभ स्टार सुरक्षा रेटिङ MAXUS eTERRON 9 ले प्रतिष्ठित Euro NCAP बाट फाइभ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । जुन रेटिङ नेपालमा आयातित कमै सवारी साधनले मात्र प्राप्त गरेका छन् ।
यसले गाडीको बलियो सुरक्षा क्षमता तथा यात्रुको सुरक्षाका लागि प्रयोग गरिएको आधुनिक प्रविधिलाई देखाउँछ । साथै बिक्रीपछिको सेवाका लागि नेपाल अधिराज्यभर ६ प्रमुख सहरहरूमा यसको सर्भिस आउटलेटहरु उपलब्ध गराइएको कम्पनीले जनाएकाे छ ।

