काठमाडाैं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पदबाट राजीनामा दिएका छन्। बंगलादेशको संविधानको धारा ५०(३) अन्तर्गत राष्ट्रपतिले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।
सन् २०२४ को अगस्टमा सरकारी जागिरमा आरक्षणको विरोधमा विद्यार्थी आन्दोलन अनियन्त्रित भएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएकी थिइन् । त्यसपछि देशमा उत्पन्न भू–राजनीतिक अस्थिरताका बिच अन्तरिम सरकार गठन नहुँदासम्मको संक्रमणकालीन अवधिमा शाहाबुद्दिनले राष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए ।
केही दिन अघि लन्डनको भ्रमणको क्रममा शहाबुद्दिनले हसिनालाई सम्पर्क गर्ने प्रयास गरेपछि विवाद उत्पन्न भएको थियो।
रिपोर्टका अनुसार, स्वास्थ्यको कारणले मे महिनामा लन्डन गएका राष्ट्रपति शाहबुद्दीनले शेख हसिनासँग कुरा गर्ने प्रयास गरेका थिए। यसले बंगलादेशी राजनीतिमा उनको राजनीतिक निष्ठामाथि प्रश्न उठाएकाे थियाे ।
बंगलादेशमा हाल बीएनपीको शासन छ र पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान त्यहाँका प्रधानमन्त्री छन्। बंगलादेशमा शेख हसिना र तारिक रहमान कट्टर राजनीतिक प्रतिद्वन्द्वी हुन्।
पूर्व प्रधानमन्त्री हसिनाले हालै आफू बंगलादेश फर्कने घोषणा गरेकी थिइन्।

