• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३०, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

      ७ मिनेट अघि

      हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

      ३ घण्टा अघि

      एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

      ३ घण्टा अघि

      पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

      ३ घण्टा अघि

      घरजग्गा किनबेचमा देखियो रौनक, गत आवमा मात्रै ७ खर्बको कारोबार

      ३ घण्टा अघि

      नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

      ३ घण्टा अघि

      चाडबाडमा सर्वसाधारणलाई राहत, अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने

      ६ घण्टा अघि

      बाढीपीडितको सहयोगमा निशान पोली क्लिनिक, प्रधानमन्त्री दैवी उद्धार कोषमा ४ लाख

      ६ घण्टा अघि

      एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

      ६ घण्टा अघि

      डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

      ६ घण्टा अघि

      जग्गा तथा आवास प्रदर्शनीमा विपद् उत्थानशील पूर्वाधारदेखि सुरक्षित बस्ती विकाससम्म गहन छलफल हुने

      ७ घण्टा अघि

      आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

      १ दिन अघि

      फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

      १ दिन अघि

      हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

      १ दिन अघि

      भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

      १ दिन अघि
    आज: २०८३ भाद्र ३०, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा

  • लाईभ नेपाल
  • २०८३ श्रावण १०, आईतबार (१ महिना अघि)
  • ३२८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • कास्की – लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले आफ्नो राजनीतिक अधिकारको अर्थपूर्ण सुनिश्चितता र दबिएको प्रतिनिधित्व स्थापित गर्ने उद्देश्यसहित दीर्घकालीन राजनीतिक अभियानलाई तीव्र बनाएका छन्। सत्य, निष्ठा, इमानदारी र जनविश्वासलाई आधार बनाएर अघि बढ्ने प्रतिबद्धतासहित उनीहरूले मिशन ८४ लक्षित राजनीतिक तयारीलाई औपचारिक रूपमा अघि सारेका हुन्।

    सातै प्रदेशबाट छनोट भएका ५० जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका राजनीतिक अभियन्ता कास्कीको पोखरामा आयोजित दुईदिने राजनीतिक बन्द प्रशिक्षणमा सहभागी भए। प्रशिक्षणमा सहभागीहरू विभिन्न राजनीतिक दलका सदस्य, सदस्यता लिने प्रक्रियामा रहेका तथा स्वतन्त्र उम्मेदवारका रूपमा तयारी गरिरहेका व्यक्ति हुन्। उनीहरूले आगामी निर्वाचनमा स्थानीय तह र प्रदेश तहमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।

    युरोपियन युनियनको आर्थिक सहयोग र एक्सन एडको समन्वयमा मायाको पहिचान नेपाल, समावेशी मञ्च नेपाल र लिड नेपालले सञ्चालन गरेको ‘ब्रेकिङ ब्यारियर (राजनीतिक बन्धन तोड्ने)’ परियोजनाअन्तर्गत उक्त बन्द प्रशिक्षण आयोजना गरिएको हो।

    प्रशिक्षणका क्रममा सहभागी राजनीतिक अभियन्ताले पत्रकारसँग अन्तरक्रिया गर्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई भोट बैङ्कका रूपमा मात्रै प्रयोग नगर्न आग्रह गरे। उनीहरूले समुदायको राजनीतिक अधिकारलाई प्राथमिकताका साथ उठाइदिन सञ्चारमाध्यमसँग पनि अनुरोध गरे।

    सहभागीहरूले नेपालमा करिब ९ देखि १० लाख हाराहारीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको जनसंख्या रहेको दाबी गर्दै यति ठूलो समुदायलाई निरन्तर बेवास्ता गर्नु उचित नहुने बताए। समाजमा योगदान दिन र परिवर्तनको नेतृत्व गर्न आफूहरू सक्षम रहेको उल्लेख गर्दै उनीहरूले राजनीतिक दलहरूलाई सदस्यता दिएर मात्रै अल्झाइराख्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे।

    पत्रकारसँगको अन्तरक्रियामा उनीहरूले निर्वाचनका बेला उम्मेदवार बनाउने आश्वासन मात्रै नदिन दलहरूलाई चेतावनीसमेत दिए। समावेशी देखाउनका लागि मात्रै होइन, नीति निर्माण तहसम्म पुग्ने अवसर सुनिश्चित गरिनुपर्ने उनीहरूको भनाइ थियो।

    “हामी तयार भएका छौँ, दलहरूले उम्मेदवार बनाउन कन्जुस्याइँ नगर्दिनुहोस्,” उनीहरूले भने, “आर्थिक रूपमा विपन्न भएकै कारण उम्मेदवार नबनाएर धोका नदिनुहोस्।”

    सहभागीहरूले नैतिक मूल्यमा आधारित राजनीति दीर्घकालीन हुने धारणा पनि राखे। उनीहरूका अनुसार राजनीतिक लाभ केही समयका लागि मात्रै हुन सक्छ, तर इमानदारी, सत्य, निष्ठा र जनविश्वास नै लामो समय टिक्ने राजनीतिक आधार हुन्।

    उनीहरूले नेपालमा समावेशी सहभागिताको अभ्यास भए पनि रूपान्तरणमुखी राजनीतिक प्रक्रिया अझै कमजोर रहेको बताए। सत्ता सञ्चालन तहमा सीमित व्यक्तिको निर्णय हाबी हुने, नेतृत्व परिवर्तन भए पनि कार्यशैली नबदलिने, पहुँचयुक्त राजनीतिक प्रक्रिया भए पनि सीमान्तकृत समुदायको सुनुवाइ नहुने, तथा नातावाद र कृपावादले रूपान्तरणकारी नेतृत्व विकास हुन नसकेको उनीहरूको धारणा थियो।

    सहभागीहरूले समाजका सबै जाति, लिङ्ग, क्षेत्र र समुदायको समान सहभागिता सुनिश्चित गर्न, लामो समयदेखि पछाडि पारिएका तथा वञ्चित समुदायलाई अवसर र पहुँच दिलाउन, निर्णय प्रक्रियामा सबैको आवाज र हितको प्रतिनिधित्व गराउन तथा समानता, सामाजिक न्याय र विभेदरहित समाज निर्माण गर्न समावेशी नेतृत्व आवश्यक रहेको बताए।

    उनीहरूका अनुसार राज्यका निकाय र संस्थाहरू समाजको वास्तविक विविधता अनुसार प्रतिनिधिमूलक हुनुपर्छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक, महिला, दलित, अपाङ्गता भएका व्यक्ति लगायत सबै समुदायको आवाजलाई प्राथमिकतामा राख्ने नेतृत्वले मात्रै समाजमा रहेको विभेद र पूर्वाग्रह हटाउन, नयाँ सोच र सामाजिक परिवर्तनको नेतृत्व गर्न तथा देशको समग्र विकासमा सबैको सहभागिता बढाउन सक्छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसहित सबै नागरिकलाई समान अवसर उपलब्ध गराइनुपर्ने उनीहरूको जोड थियो।

    प्रशिक्षक तथा पहिलो संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले राजनीतिमा लाग्ने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिलो पुस्ता तयार भएको बताए। उनले संविधान, कानुन, नीति तथा नियमको गहिरो अध्ययन गर्दै राजनीतिक दलहरूसँग निरन्तर संवाद गर्न सहभागीहरूलाई सुझाव दिए।

    पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिमा अर्थपूर्ण सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै प्रतिनिधित्वको अभावकै कारण संविधानमा लेखिएका धेरै अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए।

    “सधैँ छुटिरहने भन्ने हुँदैन, अब नेतृत्वमा पुग्नुपर्छ,” पन्तले भने, “दलहरूले समुदायलाई टोकनका रूपमा मात्रै नलिई अर्थपूर्ण प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्छ।”

    उनले राजनीतिक विचार, दर्शन, विधान, सार्वजनिक बोल्ने कला तथा राजनीतिक मुद्दा प्रभावकारी रूपमा उठाउने विषयमा सहभागीहरूलाई प्रयोगात्मक अभ्याससमेत गराएका थिए।

    दुईदिने बन्द प्रशिक्षण उपयोगी भएको सहभागीहरूले बताएका छन्। प्रशिक्षणपछि सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्ने क्षमता विकास भएको उनीहरूको अनुभव थियो। सहभागीहरूको उत्साहपूर्ण सक्रियता प्रशंसनीय रहेको एक्सन एडकी प्रतिनिधि सवनम पोखरेलले बताइन्। उनले परियोजनाको उद्देश्य र कार्यान्वयन अवधिबारे पनि जानकारी गराइन्।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

    हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

    एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

    पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

    घरजग्गा किनबेचमा देखियो रौनक, गत आवमा मात्रै ७ खर्बको कारोबार

    नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    समाचार

    मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

    हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

    एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

    पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑