काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको ऋणपत्र ‘७% लक्ष्मी सनराइज डिबेन्चर २०९२’ मा आज साउन १४ गतेदेखि आवेदन दिन सकिने भएको छ ।
बैंकले १० वर्षे अवधि भएको र वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ऋणपत्र बिक्री खुला गरेको हो ।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासनमा ल्याएको छ । यसमध्ये ६० प्रतिशतले हुन आउने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन गरिएको हो ।
त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने कुल ऋणपत्रमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार निष्कासन बन्द छिटोमा साउन १९ गते र ढिलोमा साउन २८ गते हुनेछ ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ ।