• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      १५ घण्टा अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      १ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      १ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      २ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      २ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      २ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      २ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      २ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि
    आज: २०८३ भाद्र १७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ‘निम्स दाइको साहस अमर रहनेछ’

  • लाईभ नेपाल
  • २०८३ श्रावण १७, आईतबार (१ महिना अघि)
  • १९२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडौँ  ।  पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ । विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निम्स दाइको असामयिक निधनले नेपालमात्र नभई अन्तर्राष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन क्षेत्र तथा उहाँका लाखौँ समर्थकलाई स्तब्ध बनाएको छ ।

    देशका कार्यकारी प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेता, पर्यटन क्षेत्रका अगुवा, पर्वतारोही, विदेशी शुभेच्छुक तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले निम्स दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको साहस, समर्पण र नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।

    प्रधानमन्त्रीको श्रद्धाञ्जली : ‘इतिहासमा सधैँ जीवित रहनेछन्’

    प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै निर्मल पुर्जासहित दिवङ्गत सबै आरोहीहरूको भौतिक यात्रा समाप्त भए पनि उनीहरूको साहस, समर्पण र योगदान इतिहासमा सधैँ प्रेरणाको स्रोतका रूपमा जीवित रहने बताएका छन् ।

    शाहले लेखेका छन्, “आरोहण केवल शिखर चुम्ने यात्रा होइन, यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि समेटेर पनि राख्छ । तर हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।”

    प्रधानमन्त्री शाहले ब्रोड पिक दुर्घटनामा निधन भएका सम्पूर्ण आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

    राजनीतिक नेतृत्वको श्रद्धाञ्जली

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निम्स दाइसँगको व्यक्तिगत सम्बन्ध स्मरण गर्दै भावुक सन्देश सार्वजनिक गरेका छन् । उनले निम्स दाइसँग फर्किएर भेट्ने वाचा भए पनि अनन्तको बाटो लागेको उल्लेख गर्दै उहाँको अदम्य साहस सम्झनाका रूपमा अनन्तसम्म बाँचिरहने बताएका छन् ।

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि निम्स दाइ कठिन परिस्थितिबाट पनि फर्कने व्यक्तित्व भएकाले अन्तिम क्षणसम्म आफू आशावादी रहेको उल्लेख गरेका छन् । उनले निम्स दाइसँग ‘प्रोजेक्ट पसिबल’ सुरु हुनुअघि नै भेट भएको स्मरण गर्दै संसारले चिन्नुअघि नै उहाँभित्रको आत्मविश्वास र साहस देखेको बताएका छन् ।

    पर्यटन क्षेत्रको अपूरणीय क्षति

    नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निम्स दाइलाई ‘हिमाल जित्ने मानिसमात्र होइन, सपना जगाउने मित्र’का रूपमा स्मरण गरेका छन् ।

    उनका अनुसार निम्स दाइको लक्ष्य व्यक्तिगत कीर्तिमान कायम गर्नुमात्र थिएन । उहाँ सुरक्षित, व्यवस्थित र सम्मानजनक पर्वतारोहण संस्कृति निर्माण गर्न, नेपाली गाइड तथा पर्वतारोहीलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न, वर्षभरि हिमाली पर्यटनलाई सक्रिय बनाउन तथा नेपालको साहसिक पर्यटनलाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न निरन्तर लागिरहनुभएको थियो ।

    विश्वभरबाट श्रद्धाञ्जली

    निम्स दाइको निधनसँगै विश्वभरका पर्वतारोही, साहसिक खेलकुदका अभियन्ता, पर्यटनकर्मी तथा उहाँका समर्थकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि उहाँको जीवन, विश्व कीर्तिमान र पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदानलाई विशेष प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेका छन् ।

    विशेषगरी आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर बनाएको विश्व कीर्तिमानलाई आधुनिक पर्वतारोहण इतिहासकै सबैभन्दा असाधारण उपलब्धिमध्ये एकका रूपमा स्मरण गरिएको छ ।

    ब्रोड पिक दुर्घटना

    निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय आरोही टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा करिब ६ हजार ७०० मिटरको उचाइमा पुगेपछि हिमपहिरोमा परेको थियो । टोलीमा ६ नेपाली र ४ विदेशी आरोही सहभागी थिए ।

    दुर्घटनापछि पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोन, स्थानीय उद्धार टोली तथा के–२ क्षेत्रमा रहेका अनुभवी आरोहीहरू परिचालन गरिएका थिए । प्रतिनिधिसभा सदस्य तथा अनुभवी आरोही मिङ्मा डेभिड शेर्पा पनि खोजी अभियानमा सहभागी हुनुभएको थियो । व्यापक खोजीपछि निम्स दाइसहित सम्पूर्ण आरोहीको निधन भएको पुष्टि गरिएको हो ।

    को हुन् निम्स दाइ ?

    २५ जुलाई १९८३ मा म्याग्दीको दाना गाउँमा जन्मिएका निर्मल पुर्जाको बाल्यकाल चितवनमा बितेको थियो । बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरेपछि उहाँ बेलायती रोयल नेभीको स्पेसल बोट सर्भिस (एसबीएस) मा छनोट हुने पहिलो नेपाली बन्नुभयो ।

    सन् २०१९ मा ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत उहाँले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गर्नुभयो । यसअघि रहेको सात वर्ष पुरानो विश्व कीर्तिमान तोडेर उहाँले नेपाललाई विश्व पर्वतारोहण इतिहासमा नयाँ उचाइमा पुर्‍याउनुभयो ।

    उहाँले हिमाल आरोहणलाई व्यक्तिगत सफलतामा सीमित नराखी नेपाल, नेपाली पर्वतारोही र साहसिक पर्यटनको विश्वव्यापी प्रवर्द्धनका लागि अभियानकै रूपमा अघि बढाउनुभयो ।

    अमर रहनेछ योगदान

    निर्मल पुर्जा अब भौतिक रूपमा बीचमा नरहे पनि उहाँले छाडेर जानुभएको साहस, नेतृत्व, अनुशासन, मानवता र असम्भवलाई सम्भव बनाउने आत्मविश्वास नेपाली समाज र विश्व पर्वतारोहण समुदायका लागि सधैँ प्रेरणाको स्रोत रहनेछ । उहाँको जीवनले सीमाहरू प्रायः मनमा हुने र दृढ इच्छाशक्ति, कठोर परिश्रम तथा आत्मविश्वासले असम्भव देखिने लक्ष्य पनि प्राप्त गर्न सकिने सन्देश दिएको छ ।

    निम्स दाइको भौतिक शरीर विलीन भए पनि उहाँको अदम्य साहस, समर्पण र योगदान इतिहासमा सधैँ अमर रहनेछ । ब्रोड पिक दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    समाचार

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑