• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १८, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

      ३९ मिनेट अघि

      यात्रुसहितको कार सुनकोशीमा खस्यो

      ४२ मिनेट अघि

      शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

      ४७ मिनेट अघि

      श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा देशभरका युवा नवप्रवर्तकहरू सहभागी हुने

      ४ घण्टा अघि

      काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न

      ४ घण्टा अघि

      माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार पाँच वर्षे रणनीतिक सहकार्यअन्तर्गत बार्सिलोनाको खेल तथा प्रशिक्षण जर्सीमा देखियो माइडियाको लोगो

      ४ घण्टा अघि

      रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

      ५ घण्टा अघि

      भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

      ५ घण्टा अघि

      अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

      ५ घण्टा अघि

      देशभर मनसुनको प्रभाव : काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा वर्षा

      ५ घण्टा अघि

      अमेरिका इरान वार्ताको समाचारपछि तेलको मुल्यमा भारी गिरावट

      ५ घण्टा अघि

      कांग्रेस संसदीय दलको बैठक बस्दै

      ५ घण्टा अघि

      सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

      ५ घण्टा अघि

      मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

      ५ घण्टा अघि

      तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित

      २0 घण्टा अघि
    आज: २०८३ श्रावण १८, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार पाँच वर्षे रणनीतिक सहकार्यअन्तर्गत बार्सिलोनाको खेल तथा प्रशिक्षण जर्सीमा देखियो माइडियाको लोगो

  • लाईभ नेपाल
  • २०८३ श्रावण १८, सोमबार (४ घण्टा अघि)
  • २४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबीचको पाँच वर्षे रणनीतिक साझेदारी औपचारिक रूपमा सुरु भएको छ । सन् २०२६/२७ सिजनदेखि लागू भएको यस सहकार्यअन्तर्गत माइडिया एफसी बार्सिलोनाको Main Partner तथा Official Home Appliances Partner बनेको हो । सन् २०३०/३१ सिजनसम्म कायम रहने उक्त साझेदारी १ जुलाई २०२६ देखि कार्यान्वयनमा आएको हो ।

    यससँगै एफसी बार्सिलोनाको पुरुष पहिलो टोलीले खेलका दिन तथा प्रशिक्षणका क्रममा लगाउने जर्सीको बायाँ बाहुलामा माइडियाको लोगो समावेश गरिएको छ । एफसी बार्सिलोनाले सन् २०२६/२७ सिजनका लागि सार्वजनिक गरेको नयाँ घरेलु जर्सीमा माइडियाको लोगो पहिलोपटक देखिएको हो । क्लबको परम्परागत नीलो र गाढा रातो पहिचानलाई आधुनिक स्वरूपमा प्रस्तुत गरिएको नयाँ जर्सीले बार्सिलोनाको इतिहास, ऊर्जा र भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गरेको छ ।

    यो साझेदारी जर्सीमा लोगो राख्ने प्रायोजनमा मात्र सीमित रहने छैन । आगामी पाँच सिजनसम्म माइडिया र एफसी बार्सिलोनाले संयुक्त सामग्री निर्माण, खेलदिवस सञ्चार, समर्थक सहभागिता तथा विभिन्न बजारअनुकूल गतिविधिमार्फत विश्वभरका उपभोक्ता र फुटबल समर्थकसँग जोडिने योजना बनाएका छन् ।

    खेलकुदको उत्कृष्टता, प्रविधिमा नवप्रवर्तन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा जोड्नु यस सहकार्यको प्रमुख उद्देश्य रहेको माइडियाले जनाएको छ । दुवै संस्थाले आफ्नो क्षेत्रमा निरन्तर उत्कृष्टता, सिर्जनशीलता र दीर्घकालीन प्रभावलाई प्राथमिकता दिँदै आएका छन् । एफसी बार्सिलोनाका प्रथम उपाध्यक्ष राफाएल युस्तेले स्मार्ट होम समाधान, अनुसन्धान र नवप्रवर्तनप्रति माइडियाको प्रतिबद्धता भविष्यतर्फ हेर्ने बार्सिलोनाको सोचसँग मेल खाने बताएका छन् ।

    माइडिया इन्टरनेसनल बिजनेसका अध्यक्ष लुइस फुले पनि विश्वकै सफल तथा लोकप्रिय खेल संस्थामध्ये एक एफसी बार्सिलोनासँग दीर्घकालीन सहकार्य गर्न पाउनु उत्साहजनक भएको बताएका छन् । माइडिया र एफसी बार्सिलोनाबीचको यो साझेदारीले नेपाली फुटबल समर्थकलाई समेत ब्रान्डसँग भावनात्मक रूपमा जोड्ने नयाँ अवसर सिर्जना गरेको छ । नेपालमा ठूलो संख्यामा रहेका बार्सिलोना समर्थकले अब आफ्नो मनपर्ने क्लबको खेल तथा प्रशिक्षण जर्सीमा माइडियाको उपस्थिति प्रत्यक्ष रूपमा देख्न सक्नेछन् ।

    यस सहकार्यले माइडियाको विश्वव्यापी ब्रान्ड पहिचानलाई थप सुदृढ बनाउनुका साथै नेपाली उपभोक्तामाझ स्मार्ट, आधुनिक र सुविधाजनक जीवनशैलीसँग जोडिएको ब्रान्डका रूपमा माइडियाको उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । सन् १९६८ मा स्थापना भएको माइडिया विश्वव्यापी प्रविधि तथा होम एप्लायन्स कम्पनी हो । माइडियाले रेफ्रिजरेटर, वासिङ मेसिन, किचन एप्लायन्स, वाटर एप्लायन्स, भ्याकुम क्लिनर तथा अन्य स्मार्ट होम समाधानहरू उपलब्ध गराउँदै आएको छ ।

    प्रविधिलाई प्रयोगकर्तामैत्री बनाउँदै दैनिक जीवनलाई सरल, आरामदायी र प्रभावकारी बनाउनु माइडियाको प्रमुख उद्देश्य हो । नेपालमा सीजी इलेक्ट्रोनिक्सले माइडियाका उत्पादनहरूको बिक्री तथा वितरण गर्दै आएको छ । माइडियाका वासिङ मेसिन, रेफ्रिजरेटर, डिशवाशर, चेस्ट फ्रिजर, शोकेस चिलर, किचन एप्लायन्स, चिम्नी, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, आइरन, एयर फ्रायर, टोस्टर तथा एयर प्युरिफायरलगायतका उत्पादनहरू नेपाली उपभोक्तामाझ लोकप्रिय छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

    यात्रुसहितको कार सुनकोशीमा खस्यो

    श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा देशभरका युवा नवप्रवर्तकहरू सहभागी हुने

    काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न

    रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

    भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

    समाचार

    एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

    यात्रुसहितको कार सुनकोशीमा खस्यो

    श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा देशभरका युवा नवप्रवर्तकहरू सहभागी हुने

    काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑