काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले सरकार महंगी नियन्त्राण गर्न र आपूर्ति श्रृंखला व्यवस्थापनमा चुकेको आरोप लगाएका छन् ।
उनले छिमेकी देशमा मूल्य घटे पनि सरकारले एलपी ग्यासको मूल्य नघटाउँदा त्यसले नागरिकलाई थप समस्या बनाएको बताए ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद रोकायाले महंगीले नागरिकको चुलो बाल्न काठिन हुन थालेको बताए ।
एलपी ग्यास अभावले नागरिकको चुलो नै नबल्ने अवस्था बनेको भन्दै ग्यासको आपूर्ति सहज बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

