• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा

      ८ घण्टा अघि

      सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणालीको शुभारम्भ

      ८ घण्टा अघि

      राष्ट्र निर्माणमा इमानदार इन्जिनियरको भूमिका निर्णायक : मन्त्री विराज भक्त श्रेष्ठ

      ८ घण्टा अघि

      पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

      ८ घण्टा अघि

      सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

      ८ घण्टा अघि

      ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीहरूको उच्चस्तरीय टोली प्रस्थान

      ८ घण्टा अघि

      रिलायन्स फाइनान्सको प्रथम फुटसल प्रतियोगिता सम्पन्न

      ८ घण्टा अघि

      उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

      ८ घण्टा अघि

      चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

      ८ घण्टा अघि

      प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

      ८ घण्टा अघि

      रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

      ९ घण्टा अघि

      राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

      ९ घण्टा अघि

      एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

      १ दिन अघि

      यात्रुसहितको कार सुनकोशीमा खस्यो

      १ दिन अघि

      शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

      १ दिन अघि
    आज: २०८३ श्रावण १९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणालीको शुभारम्भ

  • लाईभ नेपाल
  • २०८३ श्रावण १९, मंगलबार (८ घण्टा अघि)
  • ३४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको उत्कृष्ट कार्यसम्पादनको सम्मानस्वरूप आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम २०८३ साउन १६ गते (१ अगस्ट २०२६) काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा अत्यन्त भव्य र सभ्य वातावरणमा सम्पन्न गरेको छ। एक हजारभन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमभर उत्साह, सम्मान, आत्मगौरव र सफलताको भावनाले भरिएको वातावरण देखिएको थियो। कार्यक्रमको औपचारिक शुभारम्भ कम्पनीको नयाँ आई–सोलुसन प्रणाली सफ्टवेयर ‘Version Next’ को शुभारम्भसँगै गरिएको थियो। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्यहरू तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा ‘Version Next’ को उद्घाटन गर्दै कम्पनीको डिजिटल रूपान्तरणतर्फको नयाँ यात्राको शुभारम्भ गर्नुभएको थियो। आधुनिक प्रविधिमा आधारित यस प्रणालीले कम्पनीको सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो, सुरक्षित तथा ग्राहकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

    यस अवसरमा कम्पनीले प्रविधिमैत्री, नवप्रवर्तनमुखी तथा भविष्य उन्मुख संस्थाको रूपमा आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याएको थियो। कार्यक्रमको विशेष आकर्षणका रूपमा ह्युमानोइड रोबोट तथा रोबोटिक डग प्रस्तुत गरिएका थिए। ह्युमानोइड रोबोटले प्रेरणादायी तथा सूचनामूलक हास्यरस मिश्रित सम्बोधन गर्दै सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो। आधुनिक प्रविधि र नवप्रवर्तनलाई कार्यक्रमसँग जोड्ने कम्पनीको प्रयास सहभागीहरूले अत्यन्त रुचाएका थिए। हास्य कलाकार सुन्दर खनालले आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत सम्पूर्ण हललाई हाँसोले गुञ्जायमान बनाएका थिए भने कम्पनीका ब्राण्ड एम्बेसडर, नेपाली हास्यव्यंग्यका महान् व्यक्तित्व हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

    उहाँहरूको मनोरञ्जनात्मक प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत (CEO) पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत (CMO) भूषण रिमालले सम्बोधन गर्दै कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सहभागीहरूलाई प्रेरित गर्नुभएको थियो। उहाँहरूले सिटिजन लाइफलाई अझ सशक्त, दिगो र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन सबैलाई एकजुट भएर कार्य गर्न आग्रह गर्नुभयो। कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

    यस अवसरमा:

    • बुटवल शाखाले प्रथम बीमा शुल्क संकलनतर्फ देशभरकै उत्कृष्ट शाखाको उपाधि हासिल गर्यो।

    • भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर घोषित हुँदै बीमा शुल्क संकलनका आधारमा प्रथम स्थान हासिल गर्नुभयो।

    • नितेश श्रेष्ठ प्रथम बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट Citizen Leader बन्न सफल हुनुभयो।

    • गीता पौडेल सर्वाधिक बीमालेख (Policy Count) जारी गर्ने अभिकर्ताका रूपमा प्रथम स्थान हासिल गर्नुभयो।

    • दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती (Highest Agent Recruitment) तर्फ प्रथम हुनुभयो।

    कार्यक्रममा विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिहरूले थप रौनकता प्रदान गरेका थिए। सहभागीहरूले सम्मान, मनोरञ्जन, प्रेरणा र प्रविधिको अद्वितीय संयोजन अनुभव गरेका थिए। सम्पूर्ण कार्यक्रम उच्चस्तरीय व्यवस्थापन, अनुशासित सञ्चालन तथा आकर्षक प्रस्तुतीकरणका कारण सहभागीहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।

    सिटिजन लाइफले यस्ता सम्मान कार्यक्रमहरू मार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरहरूलाई थप प्रेरित गर्दै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत उत्कृष्टतालाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा

    राष्ट्र निर्माणमा इमानदार इन्जिनियरको भूमिका निर्णायक : मन्त्री विराज भक्त श्रेष्ठ

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

    ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीहरूको उच्चस्तरीय टोली प्रस्थान

    रिलायन्स फाइनान्सको प्रथम फुटसल प्रतियोगिता सम्पन्न

    समाचार

    नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा

    सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणालीको शुभारम्भ

    राष्ट्र निर्माणमा इमानदार इन्जिनियरको भूमिका निर्णायक : मन्त्री विराज भक्त श्रेष्ठ

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑