काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले यही साउन १७ गते आइतबार आवेदकहरुमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गरेको हो ।
सिफारिसमा पर्ने उम्मेदवारहरूमा प्युठानका कौशल केसी, धनुषाका सीए नागेन्द्र साह र सप्तरीका सञ्जीव कुमार देव रहेको समितिले जनाएको छ । रिक्त पदपूर्तिका लागि गत असार २ मा दरखास्त आह्वान गरिएको थियो ।
सो ३ जनाको नाम अब उद्योग मन्त्रालयबाट मन्त्रिपरिषद्मा जानेछ । त्यसपछि मन्त्रिपरिषद् बैठकले उनीहरुमध्ये एक जनालाई आयल निगमको कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।
