काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीका रुपमा नियुक्त गरेको हो ।
साह निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत हुन् ।
HIGHLIGHTSनेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धा निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो । छनोट प्रक्रियामा साह उत्कृष्ट तीनभित्र पर्न सफल भएका थिए ।
साहसँगै उत्कृष्ट तीनमा कौशल केसी र सञ्जीवकुमार देव सिफारिस भएका थिए । तर, मन्त्रिपरिषद्ले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

