काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँचजना उम्मेदवार छनोट भएका छन् ।
अर्थ मन्त्रालयका अनुसार कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिस समितिको साउन २१ गते बसेको बैठकले पाँच उमेदवारको नाम छनोट गरेको हो ।
छनोट हुनेमा भक्तपुरका अर्जुनकुमार गौतम, काठमाडौंका गोपाल घिमिरे, उदयपुरका पर्वतकुमार कार्की र काठमाडौंकै यज्ञप्रकाश न्यौपाने तथा समता पन्ट भट्ट छन् ।
समितिका अनुसार, शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनसमेतका आधारमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उम्मेदवार छनोट गरिएको हो ।
यीमध्ये गौतम, घिमिरे, कार्की र न्यौपानेलाई साउन २५ गते बिहान/साँझ गरी व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि मन्त्रालयमा डाकिएको छ ।
भट्टलाई भने २६ गते बिहान ८ बजे बोलाइएको छ ।
यीमध्ये समितिले ३ जनाको नाम अर्थ मन्त्रालयलाई बुझाउनेछ । मन्त्रालयले मन्त्रिपरिषद्मा निर्णयार्थ लैजानेछ । मन्त्रिपरिषद्ले एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान छ ।

