• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १८ घण्टा अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १८ घण्टा अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १८ घण्टा अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      १ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      १ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      १ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      १ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      १ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      १ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      १ दिन अघि

      बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

      १ दिन अघि

      भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

      १ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्धः गृहमन्त्री गुरुङ

  • लाईभ नेपाल
  • २०८३ श्रावण २१, बिहिबार (३ हफ्ता अघि)
  • १२४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सरकारले नीतिगत, संस्थागत तथा प्राविधिक तयारीलाई सुदृढ बनाउँदै सबै निकायसँग समन्वयमा प्रतिकार्य गरिरहेको बताएका छन् ।

    राष्ट्रियसभाको आजको बैठकमा मनसुनजन्य विपद् व्यवस्थापनबारे सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले मनसुन व्यवस्थापनमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण रहेको र सदनबाट प्राप्त हुने सुझावका आधारमा सरकार सदैव क्रियाशील रहने बताए ।

    बैठकमा सांसद कमला पन्तले सो विषयमा ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्दै गृहमन्त्री गुरुङसँग मनसुनका बेला बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे स्पष्ट जानकारी माग गरेका थिए ।

    मन्त्री गुरुङले सरकारले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ कार्यान्वयनमा ल्याएको जानकारी दिए। उनका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा केन्द्रदेखि जिल्लासम्म पूर्वतयारी तथा सतर्कता अपनाइएको र स्थानीय तहसँगको समन्वयमा उच्च जोखिमयुक्त बस्तीको पहिचान गरी आवश्यक उपाय अवलम्बन गरिएको छ ।

    गृहमन्त्री गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा केन्द्रीय ‘कमाण्ड पोस्ट’ तथा जिल्ला प्रशासन कार्यालयमा जिल्ला ‘कमाण्ड पोस्ट’ सक्रिय रहेका जानकारी दिए । उहाँका अनुसार विपद् घटनाको निरन्तर अनुगमनका लागि ‘सिचुएसन रुम’, राष्ट्रिय तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र २४सै घण्टा सञ्चालनमा रहेको छ ।

    यस्तै, खोज तथा उद्धारका लागि नेपाली सेनाका सात हजार ५२४, नेपाल प्रहरीका १० हजार ५८५ र सशस्त्र प्रहरी बलका आठ हजार ११० जनशक्ति तयारी अवस्थामा राखिएको मन्त्री गुरुङले जानकारी दिनुभयो । उहाँले १९७ दमकल, ४६० एम्बुलेन्स, ६१२ उद्धार डुङ्गा, १६३ एस्काभेटर, १३ पोर्टेबल पुल र तीन हेलिकप्टर तयारी अवस्थामा रहेका सभालाई जानकारी गराए ।

    गृहमन्त्री गुरुङका अनुसार बाढी प्रभावित ५५ स्थानमा साइरन जडान गरिएको छ भने एसएमएस अलर्ट, टोलफ्री कल सेन्टर तथा पूर्वसूचना प्रणाली सञ्चालनमा छन् । सञ्चार पहुँच कमजोर भएका क्षेत्रमा स्थानीय तह, सामुदायिक रेडियो, एफएम, टेलिभिजन, नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति (रासस) र स्थानीय स्वयंसेवकमार्फत पूर्वसूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

    उनले सुरक्षा निकायका लागि उद्धार सामग्री खरिदलाई प्राथमिकतामा राखिएको, गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयलाई उद्धार सामग्री तथा डुङ्गा खरिदका लागि बजेट उपलब्ध गराइएको र यस वर्ष पनि सो कार्यलाई निरन्तरता दिइएको बताए ।

    प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन कोषमा हाल रु सात अर्ब ५६ करोड रहेको जानकारी दिँदै गृहमन्त्री गुरुङले राहत, पुनःनिर्माण तथा जोखिमयुक्त बस्तीको अध्ययनलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।

    उनले विपद् व्यवस्थापन सरकारको मात्र नभई सबै संयन्त्र र नागरिक समाजको साझा दायित्व भएको उल्लेख गर्दै जनधनको क्षति न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

    बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

    समाचार

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑