काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्।
देउवा साउन २६ गते बेलुकी स्वदेश फर्कने तयारीमा भएकाे उनीनिकट स्राेतले जानकारी दियाे ।
स्वास्थ्योपचारका लागि फागुन १३ मा देउवा सिंगापुर गएका थिए । त्यहाँबाट उनी थप उपचारका लागि हङकङ गएका थिए। देउवा हङकङबाट स्वदेश फर्कन लागेका हुन्।
