काठमाडौं । करदाता प्राेत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु भएको छ । शिव कृष्ण जेनरल स्टाेरमा २५० रुपैयाँकाे सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्राेत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जित्नुभएकाे छ ।
अर्थमन्त्रालयले आज पहिलो बिजेता घोषणा गरेको हो । यो उपहार योजना हरेक महिनाको १ र १६ गते घोषणा हुनेछ ।
