• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १५, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ घण्टा अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      १४ घण्टा अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      १४ घण्टा अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      १४ घण्टा अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      १४ घण्टा अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      १४ घण्टा अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      १४ घण्टा अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      १४ घण्टा अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      १९ घण्टा अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      १९ घण्टा अघि

      बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

      २0 घण्टा अघि

      भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

      २0 घण्टा अघि

      कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

      २0 घण्टा अघि

      वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन, यसरी भयो तनाव

      २0 घण्टा अघि

      रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन आठ हजार बढीको उद्धार

      २0 घण्टा अघि
    आज: २०८३ भाद्र १५, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    विद्युत् क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको माग

  • लाईभ नेपाल
  • २०८३ श्रावण २२, शुक्रबार (३ हफ्ता अघि)
  • १३०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौँ। विद्युत्का क्षेत्रमा धेरै किसिमका समस्या भएकाले त्यसको समाधान गरिनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

    प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा विद्युत्का विषयमा भएको छलफलका क्रममा समिति सभापति आशिष गजुरेलले पोल नसार्दा विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधिले पनि गुनासो गर्ने गरेको बताए । पोल नसारेर विकास निर्माणका काममा ढिलाइ हुँदै आएको छ ।

    सांसद भरतकुमार स्वाँरले हाइटेन्सन लाइनको करेन्ट लागेर अछाम जिल्लामा मात्र वार्षिक १२–१३ जनाको निधन हुने गरेकाले समस्या समाधान गर्न माग गरे । हावा लाग्दा र पानी पर्दा विद्युत् लाइन जाने समस्या भएकाले ग्राहक दुःखी रहेकाले समाधान गराउन उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराए ।

    सांसद डा राम लामाले काठको पोलका कारण समस्या भएकाले त्यसलाई कङ्क्रिटको पोलमा रुपान्तरण गर्न माग गर्नुभयो । सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभामा एकै स्थानमा तीनवटा हइइ«ोपावर आयोजना रहेको उल्लेख गर्दे जिल्लाका अन्य स्थानमा भने आयोजना नरहेको बताए ।

    सांसद धनेन्द्र कार्कीले सिन्धुलीमा झ्याप्पझ्याप्प बत्ती गइरहने गरेकाले पहिले जङ्गलमा कालो तार हाल्न माग गर्नुभयो । तीनपाटन गाउँपालिकाको सबस्टेसन जडान भएको १२ वर्ष पुग्दा पनि सुरु नभएकाले छिटो सुरु गर्न पनि उनले सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।

    सांसद गोपाल शर्माले कर्णाली प्रदेशमा विद्युत् प्रसारण लाइन र सबस्टेसन पर्याप्त नभएकाले बढाउन माग गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणले सिङ्गो कर्णाली प्रदेशको एकीकृत टेन्डर गर्ने काम नभई योजना अलपत्र हुने गरेको पनि उनले सुनाए । कर्णाली प्रदेशमा बेलाबेला बत्ती गइरहने सांसद शर्माको गुनासो थियो ।

    सांसद सृष्टि भट्टराईले विद्युत्को समस्या उत्पादनमा हो कि वितरण प्रणालीमा भन्ने छुट्याउन नसकिएको उल्लेख गर्नुहुँदै एउटै सडक पटकपटक खन्नुपर्ने अवस्था किन आउँछ रु भनी प्रश्न गरेकी थिइन् । सांसद धर्मराज केसीले विद्युत् क्षेत्रको समस्याका बारेमा अनुगमनको अभाव हुँदा पनि धेरै समस्या समाधान हुन नसकेको बताइन् ।

    सांसद सुनिल केसीले काठमाडौँ निर्वाचन क्षेत्र नं २ अन्तर्गत थलीमा रहेको विद्य्त प्राधिकरणको शाखा कार्यालयले कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका हुँदै मेलम्ची नगरपालिकासम्मको भेग हेर्ने भएकाले काममा समस्या आएको बताउनुभयो । काठमाडौँ जिल्लामै पर्ने शङ्खरापुर क्षेत्रमा बत्ती गइरहने गरेकाले यो समस्या समाधान गर्न पनि ध्यानाकर्षण गराए ।

    सांसद मोहम्मद फिरोद आलमले वर्षा, हुरीबतासका कारण रौतहटमा २४सै घण्टा बत्ती जाने गरेको बताए । प्राधिकरणका कार्यालयलाई स्थानीय तहसँग जोडेर जनउत्तरदायी बनाउन व्यवस्था मिलाउन पनि उहाँले माग गर्नुभयो । रौतहटमा लालबकैया नदीको अनियन्त्रित बाढीले बालीनाली नष्ट गरी जीउधनकै पनि क्षति हुने अवस्था रहेकाले समस्या समाधान गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।

    सांसद राजकिशोर महतोले तराई क्षेत्र सुक्खाग्रस्त हुने कारण अन्त्य गर्न माग गर्नुभयो । जनकपुर नगरपालिकाको वडा नं २१ र २२ जोड्ने सबस्टेसन सार्न माग गर्दा पनि नसकिएको उनले सुनाए । सांसद राजेन्द्र राईले मन्त्री र सचिव जिम्मेवार बने परिणाम राम्रो आउने उल्लेख गर्दैै ट्रान्समिटर राख्न जनताले दुःख पाएको बताए ।

    ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव सरिता दवाडीले मन्त्रीले अघि सार्नुभएको सुधारका ३२ बुँदाअनुसार विद्युत् खपत र निर्यातको रणनीति तयार गरिएको बताउनुभयो । खपत कम हुने समय अर्थात् ३० वर्षअघिको प्रणालीबाट माग बढी हुने समयमा प्रवाह गर्दा समस्या आएको उनले सुनाए । बैठकमा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पनि सांसदहरूले उठाउनुभएका विषयमा प्रकाश पारेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

    बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

    नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

    विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    समाचार

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

    बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

    नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑