काठमाडौं । कुमारी बैंक लिमिटेड कोष प्रवर्द्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक र डिपोजिटरी रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित तीन बन्दमुखी योजनाको लाभांश घोषणा भएको छ ।

साउन २१ गते अपराह्न ४ बजे टंगालस्थित कुमारी बैंक लिमिटेडको प्रधान कार्यालयमा बसेको योजनाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले कुमारी इक्वीटी फन्डका लागि १० प्रतिशत, कुमारी धनवृद्धि योजनाका लागि १० प्रतिशत र कुमारी सबल योजनाका लागि २.९० प्रतिशत नगद लाभांश घोषणा गरेको कुमारी क्यापिटलले जनाएको छ ।