• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

      १४ घण्टा अघि

      रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

      १६ घण्टा अघि

      नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

      १६ घण्टा अघि

      अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

      १७ घण्टा अघि

      बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

      १९ घण्टा अघि

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

      १९ घण्टा अघि

      नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान हुँदै

      १ दिन अघि

      वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      ४ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      ४ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      ४ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      ४ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      ४ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      ४ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      ४ दिन अघि
    आज: २०८३ भाद्र २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पोखरामा बीवाइडीको सेल्स, सर्भिस र स्पेयर पार्ट्स सेवा एकै ठाउँमा

  • लाईभ नेपाल
  • २०८३ श्रावण २४, आईतबार (४ हफ्ता अघि)
  • १२१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • पोखरा । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि. मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको छ। पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित यो नयाँ सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको छ।

    यसले गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकलाई अझ सहज, भरपर्दो र स्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराई अपनत्वको अनुभव दिलाउने अपेक्षा गरिएको छ। उक्त सर्भिस सेन्टरको उदघाटन प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो। बीवाईडीले नेपालभर आफ्नो बिक्रीपछिको सेवा सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको अवस्थामा पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु कम्पनीका लागि अर्को महत्वपूर्ण उपलब्धि भएको बीवाईडी नेपालले जनाएको छ। यसका साथै, ग्राहकलाई सवारी बिक्री पश्चात समेत सुपेरियर र सिन्सेयर सर्भिस प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई यसले थप मजबुत बनाएको कम्पनीको भनाइ छ।

    यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा प्राप्त गर्दै आएका थिए। अब भने आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा आएसँगै ग्राहकले बीवाईडीकै आधिकारिक सेवा सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्न सक्नेछन्।

    सो अवसरमा बोल्दै साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले भन्नुभयो, ‘बीवाईडीको सवारी खरिद गर्नु भनेको ग्राहकसँगको हाम्रो सम्बन्धको सुरुवात मात्र हो। हाम्रो जिम्मेवारी सम्पूर्ण स्वामित्व अवधिभर कायम रहन्छ। पोखरामा आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा ल्याउनु भनेको विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स तथा ग्राहक–केन्द्रित सेवामार्फत उत्कृष्ट र इमानदार सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो। नेपालमा विद्युतीय सवारीको बजार विस्तार हुँदै गइरहेका बेला हामी देशव्यापी सेवा सञ्जाललाई थप सुदृढ बनाउँदै प्रत्येक बीवाईडी ग्राहकलाई पूर्ण विश्वास र सहजता प्रदान गर्न प्रतिबद्ध छौं।’

    करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक सर्भिस सेन्टर विशेष रूपमा विद्युतीय सवारीसाधनको मर्मत तथा सेवा सम्बन्धी आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको हो। सर्भिस सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बे लगायतका सुविधा उपलब्ध छ। सो सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्दछ, जसबाट ग्राहकको प्रतीक्षा समय घट्नुका साथै सेवा अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

    सर्भिस सेन्टरमा ग्राहकले नियमित मर्मत सेवा, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट सेवा, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस, जेन्युइन स्पेयर पार्ट्सका साथै डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा प्राप्त गर्न सक्नेछन्। पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएको यो अवसर नेपालकै अटोमोबाइल उद्योगका लागि पनि महत्वपूर्ण मानिएको छ।

    आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बीवाईडीले नयाँ पुस्ताका विद्युतीय सवारी साधन सार्वजनिक गर्ने तयारी गरिरहेको बेला कम्पनीले आफ्नो बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्नुले नेपाली बजारप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ। नेपालको नम्बर १ विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित बीवाईडीले नवीन प्रविधियुक्त सवारी मात्र होइन, विश्वस्तरीय सर्भिस इकोसिस्टम निर्माणमा पनि निरन्तर लगानी गर्दै आएको छ।

    पोखरामा आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा आउनुले नेपालभरका ग्राहकलाई अझ सहज, भरपर्दो र गुणस्तरीय विद्युतीय सवारी सेवा उपलब्ध गराउने कम्पनीको दीर्घकालीन रणनीतिलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    समाचार

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑