आज (बुधबार) दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। आज लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चांग निर्णायक समितिले जनाएको छ।
विश्वका केही भागमा भने सूर्यग्रहण लाग्ने खगोलविद्हरूले बताएका छन्। आजको सूर्यग्रहण पृथ्वीका केही क्षेत्रमा पूर्णरूपमा र केही ठाउँमा आंशिक रुपमा मात्रै देखिने नासाले जनाएको छ।
खगोलीय नियमअनुसार चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यको आंशिक वा पूर्ण प्रकाश पृथ्वीसम्म पुग्नबाट रोकिन्छ। जसको कारण सूर्यग्रहण लाग्छ। सूर्यग्रहण लाग्न चन्द्रमा, सूर्य र पृथ्वी एउटै सिधा रेखामा आउँनुपर्छ।
आजको सूर्यग्रहण उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागहरूमा पूर्णग्रहणको रूपमा देखिनेछ।
नेपालबाट भने आजको सूर्यग्रहण प्रत्यक्ष देखिनेछैन । नासालगायत धेरै संस्थाले आजको सूर्यग्रहणको प्रत्यक्ष प्रसारण (लाइभ टेलिकास्ट) गर्ने तयारी गरेका छन्।

