• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      १ दिन अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      १ दिन अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      १ दिन अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      १ दिन अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      १ दिन अघि

      इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

      १ दिन अघि

      देशका केही भूभागमा भारी वर्षाको सम्भावना

      १ दिन अघि

      नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा

      १ दिन अघि

      तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

      १ दिन अघि

      सेती नदीमा टिपर खस्दा चालक बेपत्ता

      १ दिन अघि

      यस्तो छ आज कालीमाटीमा कृषि उपजको थोक मूल्य

      १ दिन अघि

      लगातार चार दिन घटेको सेयर बजार आज बढ्यो

      ४ दिन अघि

      नेपाल विद्युत प्राधिकरण : हजारौंको श्रम, त्याग र समर्पणले बनेको उज्यालो इतिहास

      ४ दिन अघि

      हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

      ४ दिन अघि

      बागमतीमा मन्त्रिपरिषद् विस्तार : ६ नवनियुक्त मन्त्रीले लिए शपथ

      ४ दिन अघि
    आज: २०८३ भाद्र ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

  • लाईभ नेपाल
  • २०८३ श्रावण २९, शुक्रबार (१ हफ्ता अघि)
  • ११४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • सिन्धुपाल्चोक। तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयात निर्यात प्रायः ठप्प भएको छ ।

    बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि उक्त नाका २६ दिनदेखि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो । बाह्रबिसे–कोदारी खण्डको कुल लम्बाइ २६ किलोमिटर छ ।

    भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी ९इको० क्षेत्रको सडकखण्डमा असार ३१ गते आएको पहिरोले सडक भासिएपछि दुई देशबीचको सडक सञ्जाल टुटेको छ । नेपाल र चीनलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तरराष्ट्रिय व्यापारिक मार्ग हो ।

    अरनिको राजमार्ग डाक्लाङमा साउन ३ गतेदेखि र लिपिङ बजार नजिकै साउन १९ गतेदेखि वर्षाका कारण सडक अवरुद्ध भएको छ ।

    तातोपानी भन्सारमार्फत हुने आयात निर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्रै होइन, चीनतर्फका गोदाम र सडकमा रोकिएका मालवस्तु पनि नेपाल भित्रिन सकेका छैनन् । अरनिको राजमार्गको कोदारी, डाकलाङलगायत स्थानमा पहिरो जानेक्रम अझै रोकिएको छैन ।

    उक्त भन्सार कार्यालयका भन्सार अधिकृत दिपेन्द्रप्रकाश गिरीले चालु आर्थिक वर्षका लागि सरकारले २५ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरको छ, भने ।

    ‘सडक अवरुद्ध हुनेक्रम जारी छ । भन्सारबाट कुनै काम हुन सकेको छैन’, प्रमुख भन्सार अधिकृत गिरीले भने, ‘दुई देशबीचको व्यापारमा मात्र होइन आवतजावत गर्न कठिन भएको छ ।’ भोटेकोसीको लार्चामा रहेको तातोपानी सुक्खा बन्दरगाह पहरोमुनि भएकाले माथिबाट पहिरो झर्ने गरेको छ ।

    सडक अवरुद्ध हुँदा दसैँ, तिहारलक्षित सामान, स्याउ, लसुनजस्ता फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेका कन्टेनर चीनको सिगर्चे, ल्हासा र न्यालमलगायत सहरमा रोकिएको भन्सार कार्यालयले जनाएको छ । करिब ५०० कन्टेनर चिनियाँ क्षेत्रमा र नेपालतर्फ कोदारीमाथि ४६ कन्टेनरमा करिब रु २० अर्ब बढीको सामान रोकिएका छन् ।

    तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायी ठूलो समस्यामा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।

    व्यवसायीसँगै ६४० को सङ्ख्यामा मजदुर र ट्रान्सपोर्ट तथा भन्सारसम्बन्धी कामकाज गर्ने ३०० कामदारको कामसमेत गुमेको छ ।

    सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घलगायतका व्यापारिक सङ्घसंस्थाले विज्ञप्तिमार्फत उत्तरी नाका खुलाउन अनुरोध गरेका छन् ।

    उत्तरी नाकाको छोटो र सहज मानिएको तातोपानीबाट विशेषतःतयारी पोशाक, जलविद्युत् आयोजनाका हेभी इक्विपमेन्ट, तथा कृषि औजार, ब्याग, जुत्ता, चप्पल, स्टेशनरी, फर्निचर, खेलौना, फलफूल, शृङ्गारका सामग्री, बीउबिजन, इलेक्ट्रिक गाडी, कम्प्युटर पार्टस्, उद्योगको कच्चा पदार्थलगायत वस्तु आयात हुने गरेको छ ।

    ‘नेपाली बजारमा पाइने धेरै उपभोग्य वस्तु चीनबाट आयात हुने गरेको छ’, हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले भने, ‘तर सरकारले नाकालाई सहज बनाउन ध्यान दिएको देखिएन । यसबाट व्यवसायी मारमा परेका छन् ।’ धेरै व्यवसायीले हरेक वर्ष झन्झट बेहोर्दा आर्थिक रुपमै धरासायी भएको उनले बताए ।

    चाडबाडको मुखमा आयात व्यापारको आकार ठूलो हुने भए पनि सडक अवरुद्ध हुँदा बर्सेनि यस्तो समस्या आउने गरेको छ । गत वर्ष पनि असारदेखि असोजसम्म सोही स्थानमा सडक अवरुद्ध हुँदा दसैँ र तिहारका लागि आयात गरिएका मालवस्तु नेपाल भित्रन पाएका थिएनन् ।

    डिभिजन कार्यालयका चरिकोटका प्रमुख ई नारायणदत्त भण्डारीले डाकलाङ, घट्टेखोला र इको पहिरोका कारण आवतजावत गर्न कठिन भएको बताउछन् ।

    इको पहिरो नियन्त्रण गर्न चिनियाँ अनुदान प्राप्त भए पनि समयमै काम सुरु नहुँदा सास्ती खेप्नुपरेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा बताए ।

    ‘पहिरो नियन्त्रण कसरी गर्ने रु सडक डिभिजन कार्यालय चरिकोटले खटाएका मेसिन र कर्मचारीले काम गरेर सडक बन्ने सम्भावना छैन’, उनले भने, ‘इको पहिरो भासिएर तत्काल बनाउन सकिने अवस्था छैन । भासिएको जमिनमाथि कोदारी थामी गाउँ छ । जहाँ ६० परिवार बस्छन् । जमिन जतिजति भासिन्छ, बस्ती उति जोखिममा पर्छ । भासिएको हिलो भोटेकोसी नदीले बगाएर लान्छ । चारकिलोको पहिरोमाथि पनि पन्थली गाउँ छ । त्यही ५० भन्दाबढी घर छन् । ठूला मेसिनको थर्कावटले गाउँ बग्ने जोखिम छ । तलबाट उठाएर सडक बनाउने ठाउँ छैन ।’

    प्रत्येक वर्ष वर्षायाममा पहिरो जाने गरेका कारण दुई देशबीच व्यापार गर्न समस्या पर्दै आएको छ ।

    ‘वर्षा सुरु हुनेबित्तिकै माथिबाट लेदो बगेर सडक नै बगाइदिने समस्याका कारण व्यवसायीहरू मर्कामा छन्’, भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले भने, ‘जब वर्षा लाग्छ, पहिरो जान्छ अनि मात्रै काम सुरु गर्ने परिपाटीले सास्ती भोग्नु परिरहेको छ ।’

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

    इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

    समाचार

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑