काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा उनका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन् ।

