• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ११, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      १६ घण्टा अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      १६ घण्टा अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      १६ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १६ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १६ घण्टा अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      १६ घण्टा अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      १७ घण्टा अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      १७ घण्टा अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      १७ घण्टा अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      १७ घण्टा अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      १७ घण्टा अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      १ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      १ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      १ दिन अघि
    आज: २०८३ भाद्र ११, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    निस्ट फाउन्डेसनद्वारा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा अभिनन्दित

  • लाईभ नेपाल
  • २०८३ श्रावण ३१, आईतबार (१ हफ्ता अघि)
  • ९३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौँ । निस्ट फाउन्डेसनले काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मालाई उच्च शिक्षा, प्राविधिक शिक्षा तथा चिकित्सा शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्दै अभिनन्दन गरेको छ। फाउन्डेसनले शर्मालाई अभिनन्दनपत्र प्रदान गर्दै उहाँलाई नेपाली उच्च शिक्षाका अग्रणी व्यक्तित्वका रूपमा स्मरण गरेको छ। अभिनन्दनपत्रमा शर्माले प्रतिकूलताबीच काठमाडौं विश्वविद्यालय स्थापना गरी दुई दशकभन्दा लामो समय नेतृत्व गरेको तथा विश्वविद्यालयलाई स्वायत्त, गैरसरकारी र अन्तर्राष्ट्रिय छवि बोकेको प्राज्ञिक संस्थाका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।

    अभिनन्दनपत्रमा शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालयले उच्च शिक्षाको दायरा विस्तार गर्न योगदान पुर्‍याएको उल्लेख गर्दै उहाँको जीवनलाई शिक्षा क्षेत्रमा दृढ संकल्प र निष्काम कर्मको उदाहरणका रूपमा चित्रण गरिएको छ। त्यस्तै, फाउन्डेसनले शर्मालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को संस्थापक प्रमुखका रूपमा नेपालमा दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि महत्वपूर्ण भूमिका खेलेको जनाएको छ। गैरसरकारी क्षेत्रबाट चिकित्सा शिक्षामा समेत उहाँले दूरदर्शी पहलमार्फत गुणस्तरीय परिवर्तन ल्याउन योगदान गरेको अभिनन्दनपत्रमा उल्लेख छ। फाउन्डेसनका अनुसार शर्माको शैक्षिक योगदानले देश तथा विदेशमा रहेका विद्यार्थीमा ज्ञान, प्रविधि र नैतिकताको ज्योति फैलाउन योगदान पुर्‍याएको छ। अभिनन्दनपत्रमा उहाँको दूरदर्शिता, सरलता, शिष्टता, शालीनता, नम्रता, भद्रता, विनयशीलता, कार्यकुशलता र निष्ठालाई नेपाली प्राज्ञिक इतिहासमा अनुकरणीय पक्षका रूपमा उल्लेख गरिएको छ। फाउन्डेसनले शर्माको ८७ वर्ष प्रवेशको विशेष तथा ऐतिहासिक अवसरलाई समेत उल्लेख गर्दै उहाँको दीर्घायु, उत्तम स्वास्थ्य, निरन्तर ऊर्जा र सक्रिय जीवनको शुभकामना व्यक्त गरेको छ।

    अभिनन्दन कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता निस्ट फाउन्डेसनका अध्यक्ष डा. माधवप्रसाद बरालले गरेका थिए। कार्यक्रममा नेपाल हाइयर एजुकेसन फाउन्डेसनका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. तीर्थराज खनिया, काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा. डा. सीताराम अधिकारी, नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्रा. डा. महेश जोशी, नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष प्रा. डा. शत्त्रुघ्न प्रसाद गुप्तालगायत सहभागी थिए। कार्यक्रममा प्रा. डा. सीताराम अधिकारीले शर्माको व्यक्तित्व तथा योगदानबारे मन्तव्य राखेका थिए भने शर्मासम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो।

    फाउन्डेसनका अध्यक्ष डा. माधवप्रसाद बरालले दोसल्ला ओढाएका थिए भने प्रमुख अतिथि खिलराज रेग्मीले अभिनन्दनपत्र प्रदान गरेका थिए। प्रा. डा. तीर्थराज खनियाले पुष्पगुच्छ अर्पण गरेका थिए। कार्यक्रममा प्रा. डा. शत्त्रुघ्न प्रसाद गुप्ता, प्रा. डा. महेश जोशी, प्रा. डा. तीर्थराज खनिया, प्रा. डा. सुरेशराज शर्मा र प्रमुख अतिथि खिलराज रेग्मीले मन्तव्य राखेका थिए। निस्ट फाउन्डेसनका कार्यकारी निर्देशक डा. राजेन्द्रकुमार घिसिङले स्वागत मन्तव्य राखेको कार्यक्रममा फाउन्डेसनकी कार्यकारी निर्देशक प्रणिता शर्मा बरालले धन्यवाद ज्ञापन गरेकी थिइन्।

    फाउन्डेसनका अध्यक्ष डा. माधवप्रसाद बरालले कार्यक्रम समापन गर्दै शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वलाई आगामी वर्षहरूमा पनि पहिचान गरी सम्मान गर्दै जाने बताए। उनले शर्माजस्तो विशिष्ट व्यक्तित्वलाई अभिनन्दन गर्न पाउँदा फाउन्डेसन परिवार खुसी रहेको उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑