काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको र अन्य धर्मको पनि रक्षा गर्ने बताएका छन् ।
Advertisement
NiccNicc
काठमाडौंमा भएको इतरसमूहको भेलामा उनले नेता कार्यकर्ताले हिन्दु धर्मका बारेमा केही बोलिदिन आग्रह गरेकाले यति कुरा भनेको बताए ।
उनले भने, “साथीले लेखेर दिनुभएको छ । सनातन हिन्दुका बारेमा केही बोलिदिनुपर्यो भन्नुभएको छ । म हिन्दु हुँ । ब्रतबन्ध पनि हिन्दु संस्कार अनुसार भएको हो । बहिनीको बिहे पनि हिन्दु संस्कार अनुसार भएको हो, मैले बिहे पनि गुहेश्वरीमा हिन्दु धर्मअनुसार गरेको हुँ ।’
व्यक्तिगत रुपमा आफू पूरै हिन्दु भएकाे उनले प्रष्ट पारे । ‘नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने हुँ । …म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ, पशुपति जान्छु, पूजा गर्छु ।, उनले फेरि भने- ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ, ।’
देउवाले आफूले बुद्धिजम (बौद्ध धर्म) लाई पनि उत्तिकै मान्ने उल्लेख गरे। ‘बुद्धिजमलाई संसारले मानेको छ। बुद्धिजम वैज्ञानिक धर्म पनि हो’ देउवाले भने। उनले नेपालमा प्राकृतिक धर्म मान्ने समाज पनि रहेकाले राई, लिम्बुलाई पनि सम्मान गर्नुपर्ने बताए।

