• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ७, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      १३ घण्टा अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      १४ घण्टा अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      १४ घण्टा अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      १४ घण्टा अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      १४ घण्टा अघि

      इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

      १५ घण्टा अघि

      देशका केही भूभागमा भारी वर्षाको सम्भावना

      १७ घण्टा अघि

      नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा

      १७ घण्टा अघि

      तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

      १७ घण्टा अघि

      सेती नदीमा टिपर खस्दा चालक बेपत्ता

      १८ घण्टा अघि

      यस्तो छ आज कालीमाटीमा कृषि उपजको थोक मूल्य

      १८ घण्टा अघि

      लगातार चार दिन घटेको सेयर बजार आज बढ्यो

      ३ दिन अघि

      नेपाल विद्युत प्राधिकरण : हजारौंको श्रम, त्याग र समर्पणले बनेको उज्यालो इतिहास

      ३ दिन अघि

      हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

      ३ दिन अघि

      बागमतीमा मन्त्रिपरिषद् विस्तार : ६ नवनियुक्त मन्त्रीले लिए शपथ

      ३ दिन अघि
    आज: २०८३ भाद्र ७, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ श्रावण ३१, आईतबार (१ हफ्ता अघि)
  • ९९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको ‘सफा गरौँ’ विशेष सरसफाइ अभियान सम्पन्न भएको छ ।

    क्रिएसन नेपालको नेतृत्वमा द कोका–कोला फाउन्डेसनको सहयोग तथा पशुपति क्षेत्र विकास कोषको सहकार्यमा श्रावण महिनाभर सञ्चालन गरिएको अभियानमा ५०० भन्दा बढी स्वयंसेवक, विद्यार्थी, सरसफाइकर्मी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधि सहभागी भएका थिए ।

    श्रावण महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनको चाप अत्यधिक बढ्ने भएकाले फोहोर व्यवस्थापन तथा धार्मिक सम्पदाको स्वच्छता कायम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत प्रत्येक सोमबार स्वयंसेवकहरूले सरसफाइकर्मीसँग मिलेर मन्दिर परिसरमा फोहोर संकलन तथा वर्गीकरण गरेका थिए । अभियानले फोहोर व्यवस्थापनसँगै जथाभावी फोहोर नफाल्ने बानी विकास गर्न तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सामूहिक सहभागिता बढाउन जनचेतनामूलक गतिविधिसमेत सञ्चालन गरेको थियो ।

    समापन कार्यक्रममा दिगोपन तथा वातावरणीय, सामाजिक र सुशासनसम्बन्धी मूल्य अभिवृद्धि विभागका निर्देशक आदित्य पाण्डा, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कोनाले, क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्की, संस्थापक आनन्द मिश्र, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिलगायतको उपस्थिति थियो । द कोका–कोला फाउन्डेसनका अध्यक्ष कालोस पागोआले फोहोर व्यवस्थापनमा सुधार ल्याउन र जिम्मेवार व्यवहार प्रवद्र्धन गर्न यस्ता सहकार्य महत्वपूर्ण रहेको बताए । ‘सफा गरौँ’ अभियानमार्फत स्थानीय समुदायलाई फोहोरको उचित व्यवस्थापनमा सक्रिय र सक्षम बनाउन सहयोग गर्ने उनको भनाइ थियो ।

    क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले अभियानलाई एकपटकको कार्यक्रमका रूपमा मात्र नभई निरन्तर सञ्चालन हुने राष्ट्रिय अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको बताइन्। उनले आगामी दिनमा अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको जानकारी दिइन् ।

    अभियानअन्तर्गत पुन:प्रयोग गरिएका प्लास्टिकका बोतलबाट निर्माण गरिएका बस्ने बेन्चसमेत सार्वजनिक गरिएको छ । यसले प्लास्टिकजन्य फोहोरलाई पुन:प्रयोग गरी सार्वजनिक उपयोगका सामग्रीमा रूपान्तरण गर्न सकिने सन्देश दिएको आयोजकको भनाइ छ ।

    चार सातासम्म अभियानमा सक्रिय रूपमा सहभागी स्वयंसेवक तथा सरसफाइकर्मीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । साथै, निरन्तर सहयोगका लागि पशुपति क्षेत्र विकास कोषले द कोका–कोला फाउन्डेसनलाई समेत प्रशंसापत्र प्रदान गरेको थियो ।

    श्रावण महिनाको अभियानबाट प्राप्त उत्साहलाई निरन्तरता दिँदै ‘सफा गरौँ’ अभियानले आगामी १४ सेप्टेम्बर २०२६ (हरितालिका तीज) सम्म विभिन्न सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । अभियानले समुदायको सहभागिता बढाउँदै फोहोर व्यवस्थापन, दिगो अभ्यास तथा नेपालको धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

    इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

    समाचार

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑