काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले बढेको छ ।
आजका लागि प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार भने तोलाको ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी पनि तोलामा ५० रुपैयाँले महँगिएको छ । गत शुक्रबार प्रतितोला ४ हजार ६०० मा किनबेच भएको चाँदी आज ४ हजार ७१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

