काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडअन्तर्गतका तीन म्युचुअल फन्डको लाभांश घोषणा गरिएको छ ।
कम्पनीले एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड २ र एनएमबि हाइब्रिड फन्ड एल २ को लाभांश घोषणा गरेको हो । साउन २९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।
क्यापिटलका अनुसार, गत आर्थिक वर्षका लागि एनएमबि फिफ्टीको ३.१५ प्रतिशत, एमएमबि सुलभको १० प्रतिशत र एनएमबि हाइब्रिड फन्डको ४.५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरण प्रयोजनार्थ भदौ ८ गते एक दिनका लागि बुकक्लोज हुने भएको छ । भदौ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाइधनीले प्रस्तावित लाभांश पाउने सक्नेछन् ।

