• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ११, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      १४ घण्टा अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      १४ घण्टा अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      १५ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १५ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १५ घण्टा अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      १५ घण्टा अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      १५ घण्टा अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      १५ घण्टा अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      १५ घण्टा अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      १५ घण्टा अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      १५ घण्टा अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      १ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      १ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      १ दिन अघि
    आज: २०८३ भाद्र ११, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : चन्द्र ढकाल

  • लाईभ नेपाल
  • २०८३ भाद्र १, सोमबार (१ हफ्ता अघि)
  • १२१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बनाउनुपर्ने बताएका छन् ।

    नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै ढकालले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध कूटनीतिक तथा सांस्कृतिक सम्बन्धमा मात्र सीमित नभई आर्थिक र व्यावसायिक साझेदारीको जीवन्त उदाहरण बनेको बताए ।

    उनले हजारौं नेपाली युवाले कोरियामा काम गरेर हासिल गरेको सीप, अनुभव, कार्यसंस्कृति र पुँजी नेपालको उद्यमशीलता विकासका लागि महत्त्वपूर्ण सम्पत्ति भएको बताए ।

    कोरियाले करिब ६० वर्षको अवधिमा गरिबीबाट औद्योगिक शक्तिका रूपमा गरेको रूपान्तरणबाट नेपालले पनि महत्वपूर्ण पाठ सिक्न सक्ने उनको भनाइ थियो ।

    कोरियाले अपनाएको अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन तथा सरकार र निजी क्षेत्रबीचको समन्वय नेपालका लागि पनि उपयोगी हुने ढकालले बताए ।

    रिटर्नी उद्यमीहरूले विदेशमा सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा लागू गर्न सके नेपालको औद्योगिक चरित्रमै परिवर्तन ल्याउन सकिने उनले धारणा राखे ।

    त्यस्तै, जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै ढकालले भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादन केन्द्रका रूपमा विकास गर्ने अवसर दिएको बताए ।

    लगानीमैत्री नीति निर्माण तथा एकद्वार सेवाका लागि निजी क्षेत्रले सरकारसँग निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै उनले यस्तो अभियानलाई थप तीव्र बनाउनुपर्नेमा जोड दिए ।

    ढकाका अनुसार, देशभर छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको छ ।

    नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नी उद्यमीका लागि उक्त कम्पनी लगानी साझेदार बन्न सक्ने र सानो पुँजी भएका लगानीकर्ताले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत समेत लगानी गर्न सक्ने उनले बताए ।

    रिटर्नी उद्यमी तथा व्यवसायीसँग रहेको प्राविधिक सीप, कार्यसंस्कृति र आर्थिक अनुशासन नेपालको उद्योग क्षेत्रका लागि महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

    स्वदेशमा उद्यम स्थापना गर्दा देखिने कानुनी तथा प्रक्रियागत अवरोध सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच नियमित संवादमार्फत समाधान गर्न सकिने ढकालले बताए ।

    रिटर्नी उद्यमीहरूको लगानी र सीपले स्वदेशमा उत्पादन, रोजगारी र समृद्धिको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गर्दै ढकालले एफएनसीसीआई र आइएमई ग्रुपका तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत, कोरियाली दूतावासका प्रतिनिधि, नेपाल सरकारका प्रतिनिधि, रिटर्नी माइग्रेन्ट तथा विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑