• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      ४ घण्टा अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      ४ घण्टा अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      ४ घण्टा अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      ४ घण्टा अघि

      स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”

      ४ घण्टा अघि

      मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

      ४ घण्टा अघि

      महालक्ष्मी विकास बैंक नाडा अटो शोमा सहभागी, आकर्षक ब्याजदरमा सवारी कर्जा दिने

      ४ घण्टा अघि

      लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति

      ५ घण्टा अघि

      ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

      १२ घण्टा अघि

      कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

      १२ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      १२ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      १२ घण्टा अघि

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      १ दिन अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      १ दिन अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      १ दिन अघि
    आज: २०८३ भाद्र १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

  • लाईभ नेपाल
  • २०८३ भाद्र २, मंगलबार (१ हफ्ता अघि)
  • ९०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको बदलिँदो आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणालीलाई पनि समयअनुकूलb परिवर्तन गर्नुपर्ने बताएका छन्। काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा आज आयोजित १५औँ संस्करणको कुसोम रोजगारी तथा इन्टर्नसिप मेलाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले शैक्षिक संस्था र उद्योग एवम् व्यवसाय क्षेत्र बीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले नेपालमा युवा जनशक्तिको अभाव नभए पनि युवाको प्रतिभालाई सीप, उत्पादकत्व, उद्यमशीलता र अर्थपूर्ण रोजगारीमा रूपान्तरण गर्नुपर्ने बताए।

    बदलिँदो विश्व श्रम बजारअनुसार युवाले आफूलाई निरन्तर अद्यावधिक गर्नुपर्ने उल्लेख गर्दै उनले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटलाइजेसन, भूमण्डलीकरण र उपभोक्ताको बदलिँदो व्यवहारले रोजगारी तथा व्यवसायको परम्परागत स्वरूपलाई तीव्र रूपमा परिवर्तन गरिरहेको बताए। अग्रवालका अनुसार अब नेपालमै बसेर विदेशका कम्पनीका लागि काम गर्ने, अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा दिने र विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्ने अवसर नेपाली युवासँग रहेको छ। सूचना प्रविधि तथा डिजिटल सेवा, पर्यटन तथा आतिथ्य, जलविद्युत् तथा हरित ऊर्जा, उत्पादन तथा निर्यातमुखी उद्योग, आधुनिक कृषि तथा कृषिजन्य व्यवसायमा युवाका लागि ठूलो सम्भावना रहेको उनले बताए।

    बैंकिङ, वित्तीय तथा बीमा, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत नयाँ अवसर सिर्जना गर्न सकिने उल्लेख गर्दै अग्रवालले नेपालको प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र अनुकूल वातावरणलाई उपयोग गर्दै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सकिने बताए। निजी क्षेत्रले शैक्षिक डिग्रीसँगै व्यावहारिक क्षमता, चरित्र र जिम्मेवारीबोध भएका जनशक्ति खोजिरहेको उनले बताए। डिग्री मात्र व्यावसायिक सफलताको आधार नभएको उल्लेख गर्दै अग्रवालले उच्च अंक वा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थी मात्र व्यावहारिक जीवनमा सफल हुने निश्चित नभएको बताए। वास्तविक कार्यक्षमता, समस्या समाधान गर्ने क्षमता, सञ्चार सीप र व्यवहारिक ज्ञानलाई निजी क्षेत्रले बढी महत्व दिने उनको भनाइ थियो।

    निजी क्षेत्रले स्पष्ट रूपमा सञ्चार गर्न सक्ने, समस्या पहिचान गरी समाधान निकाल्न सक्ने, समूहमा काम गर्न सक्ने, परिवर्तनअनुसार आफूलाई ढाल्न सक्ने र जिम्मेवारी लिन सक्ने युवालाई प्राथमिकता दिने उनले बताए। व्यवसाय विश्वासमा निर्माण हुने भएकाले प्रतिभासँगै इमानदारी र चरित्र पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो। आज सिकेको ज्ञान भोलि नै पुरानो हुन सक्ने भएकाले युवाले जीवनभर सिक्ने संस्कार विकास गर्नुपर्ने अग्रवालले बताए। सिक्ने इच्छा, मेहनत गर्ने बानी, सुझाव स्वीकार गर्ने क्षमता र आफूलाई निरन्तर सुधार गर्ने प्रतिबद्धता भएका युवाको करियर दीर्घकालीन रूपमा अघि बढ्ने उनले उल्लेख गरे। कृत्रिम बुद्धिमत्ताले रोजगारीको प्रकृतिमा ठूलो परिवर्तन ल्याउने भए पनि त्यसलाई केवल रोजगारी खोस्ने प्रविधिका रूपमा हेर्न नहुने उनले बताए।

    “एआईले मेरो रोजगारी खोस्छ कि खोस्दैन भन्नेभन्दा अरूभन्दा राम्रोसँग एआई प्रयोग गर्न सक्ने व्यक्ति कसरी बन्ने भन्ने प्रश्न गर्नुपर्छ,” उनले भने। विद्यार्थीले एआईलाई अनुसन्धान, उत्पादकत्व वृद्धि, सिर्जनशीलता, विश्लेषण र नवप्रवर्तनको उपकरणका रूपमा प्रयोग गर्न सिक्नुपर्ने उनले बताए। प्रविधिले नैतिकता, सहानुभूति, विवेक, नेतृत्व, साहस र जिम्मेवारीजस्ता मानवीय गुणलाई भने प्रतिस्थापन गर्न नसक्ने उनको भनाइ थियो। नेपालमा युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सरकार, शैक्षिक संस्था र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको अग्रवालले बताए। विश्वविद्यालय तथा तालिम संस्थाले उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम र शिक्षण पद्धति विकास गर्नुपर्ने भन्दै उनले व्यावहारिक शिक्षा, इन्टर्नसिप, उद्यमशीलता, व्यावसायिक सीप, डिजिटल दक्षता तथा उद्योग–शैक्षिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए।

    निजी क्षेत्रले पनि युवा प्रतिभा विकासमा थप जिम्मेवारी लिनुपर्ने र सरकारले व्यवसायमा लगानी गर्न, नवप्रवर्तन गर्न तथा विस्तार गर्न अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनले बताए। लगानीको संरक्षण, उद्यमशीलताको प्रोत्साहन, नवप्रवर्तनको सम्मान र योग्यताको कदर हुने वातावरण निर्माण भएमा रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बलियो हुने उनको भनाइ थियो। नेपालसँग युवा जनशक्ति, प्राकृतिक स्रोत, उद्यमशील ऊर्जा र विश्वका दुई ठूला अर्थतन्त्रबीचको रणनीतिक भौगोलिक अवस्थिति रहेको उल्लेख गर्दै अग्रवालले यी सम्भावनालाई उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र समृद्धिमा रूपान्तरण गर्नुपर्ने बताए। नेपाल चेम्बर अफ कमर्सले लगानी, उद्यमशीलता, नवप्रवर्तन, सीप विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिने नीतिका लागि निरन्तर पैरवी गर्दै आएको उनले जानकारी दिए।

    विद्यार्थीलाई ठूलो सपना देख्न, निरन्तर सिक्न, सीप विकास गर्न, प्रविधिलाई आत्मसात् गर्न र आफ्नो इमानदारी कायम राख्न आग्रह गर्दै अग्रवालले केवल रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्ने बताए। नेपालमै बसेर व्यवसाय निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने र विश्व बजारमा प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्न युवाको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो। कार्यक्रममा उनले नयाँ व्यावसायिक यात्रामा प्रवेश गर्न लागेका विद्यार्थीलाई शुभकामना दिँदै युवाको भविष्यसँगै नेपालको भविष्य पनि उज्ज्वल रहेको बताए।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

    बाढीमा परेका ११४ जनाको हवाई उद्धार

    प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”

    मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

    समाचार

    स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

    बाढीमा परेका ११४ जनाको हवाई उद्धार

    प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑