• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      ४ घण्टा अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      ४ घण्टा अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      ४ घण्टा अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      ४ घण्टा अघि

      स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”

      ४ घण्टा अघि

      मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

      ४ घण्टा अघि

      महालक्ष्मी विकास बैंक नाडा अटो शोमा सहभागी, आकर्षक ब्याजदरमा सवारी कर्जा दिने

      ४ घण्टा अघि

      लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति

      ४ घण्टा अघि

      ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

      १२ घण्टा अघि

      कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

      १२ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      १२ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      १२ घण्टा अघि

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      १ दिन अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      १ दिन अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      १ दिन अघि
    आज: २०८३ भाद्र १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

  • लाईभ नेपाल
  • २०८३ भाद्र २, मंगलबार (१ हफ्ता अघि)
  • १२७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७ करोड रुपैयाँ लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा आएको छ। नेपाली मौलिक कला, संस्कृति, लोकसंगीत तथा रोधी परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको क्लबको भव्य उद्घाटन भदौ ५ देखि ७ गतेसम्म विशेष सांगीतिक कार्यक्रमसहित हुने भएको छ। क्लबले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ग्रान्ड ओपनिङका बारेमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा क्लबको उद्देश्य, लगानी, व्यवस्थापन, सेवा–सुविधा तथा उद्घाटनका अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमबारे जानकारी दिइएको थियो। ग्रान्ड ओपनिङका अवसरमा नेपाली मौलिक कला, संस्कृति र लोकदोहोरीको भव्य उत्सवसहित ‘दोहोरीको मेला’ जस्तै विशेष सांगीतिक माहोल सिर्जना गरिनेछ, जहाँ नेपाली सांगीतिक क्षेत्रका चर्चित तथा ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति क्लबले जनाएको छ।

    उद्घाटन कार्यक्रममा अभिनेता पल शाह, अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा, प्रेमराजा महत, कृष्ण कँडेल, राजु परियार, शिला आले, बद्री पंगेनी, चन्द्र शर्मा, पशुपति शर्मा, प्रकाश सपुत, बसन्त थापा, विश्व दोङ, ज्योति मगर, दीपिका बयम्बु मगर, अर्जुन सापकोटा, प्रीति आले, एलिना चौहान, श्याम राना, शान्ति रानी परियारलगायतका २ दर्जन बढी कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। करिब २०० जना अट्ने क्षमता रहेको क्लबमा प्रत्यक्ष सांगीतिक प्रस्तुति, स्तरीय सेवा तथा पारिवारिक वातावरणलाई विशेष प्राथमिकता दिइएको छ। क्लबले १०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गरेको जनाएको छ। टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरी लामो समयदेखि दोहोरी तथा रोधी व्यवसायमा सक्रिय छन्।

    करिब २५ वर्षअघि सिन्धुपाल्चोकको मेलम्चीबाट सामान्य गाउँले युवाका रूपमा काठमाडौं प्रवेश गरेका गिरीले बाउन्सरदेखि दोहोरी साँझको व्यवस्थापन हुँदै आफ्नो व्यवसायिक यात्रा अघि बढाएका हुन्। संघर्षका विभिन्न चरण पार गर्दै सानो लगानीबाट व्यवसायिक यात्रा सुरु गरेका गिरी अहिले करिब ७ करोड रुपैयाँ लगानीको रोधी क्लब सञ्चालन गर्ने अवस्थामा पुगेका छन्। निरन्तर मेहनत, लगनशीलता र व्यवसायप्रतिको प्रतिबद्धताले आफूलाई यो अवस्थामा पुर्‍याएको उनी बताउँछन्। गिरीले सञ्चालन गरेका विभिन्न रोधी तथा दोहोरी साँझबाट दर्जनौं कलाकारले आफ्नो सांगीतिक यात्रा अघि बढाउने अवसरसमेत पाएका छन्।

    स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई समेत अवसर दिँदै नेपाली लोकसंगीतको विकासमा योगदान पुर्‍याउने उद्देश्य क्लबले लिएको छ। रोधी तथा दोहोरी व्यवसायप्रति रहेको परम्परागत धारणालाई परिवर्तन गर्दै व्यवस्थित, मर्यादित र पारिवारिक वातावरण निर्माण गर्ने प्रयास गरिएको सञ्चालक गिरीले बताए। नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतलाई आधुनिक प्रविधि तथा व्यवस्थापनसँग जोडेर नयाँ पुस्तासम्म पुर्‍याउने क्लबको लक्ष्य रहेको उनको भनाइ छ। पत्रकार सम्मेलन कार्यक्रममा टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष दीपक खड्काको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले टप दरबार रोधी क्लबको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली मौलिक कला, संस्कृति तथा लोकदोहोरीको संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रबाट हुने यस्ता प्रयास सकारात्मक रहेको बताए।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष दीपक खड्काले भदौ ५ देखि ७ सम्म हुने भव्य उद्घाटन कार्यक्रमबारे सम्पुर्ण जानकारी दिएका थिए । व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका सञ्चालक गिरीले कलाकार तथा सांगीतिक क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिमा सहयोग गर्दै आएका छन्। आगामी दिनमा पनि नेपाली कला, संस्कृति र कलाकारको हितमा सहकार्य तथा सहयोगलाई निरन्तरता दिने उनले बताए।

    भदौ ५ देखि ७ गतेसम्म हुने ग्रान्ड ओपनिङलाई नेपाली कला, संस्कृति, लोकसंगीत र मनोरञ्जनको विशेष उत्सवका रूपमा आयोजना गरिने टप दरबार रोधी क्लबले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

    बाढीमा परेका ११४ जनाको हवाई उद्धार

    प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”

    मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

    समाचार

    स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

    बाढीमा परेका ११४ जनाको हवाई उद्धार

    प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑